भारतीय कमेडियन ब्रह्मानन्द नेपाली फिल्म ‘ह्रस्व दीर्घुमा’

नगेन न्यूज
  • ख-
  • ख+

अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म ह्रस्व दीर्घुमा लोकप्रिय

अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म ह्रस्व दीर्घुमा लोकप्रिय भारतीय कमेडियन ब्रह्मानन्द अनुबन्धित भएका छन्।

नीता फिल्मस्‌को ब्यानरमा बन्ने फिल्मको लागि ब्रह्मानन्दसँग कागजी सम्झौता भएको निर्माण टोलीले जानकारी दिएको हो।

यसअघि फिल्ममा तीन भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि यसअघि नै अनुबन्धित भएका हुन्।

फिल्मकी अभिनेत्री तथा निर्माता नीताले चर्चित भारतीय कलाकारलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न पाउँदा उत्साहित भएको जनाएकी छिन्। फिल्ममा यी कलाकारको भूमिका कस्तो रहन्छ भन्नेबारे भने खुलाइएको छैन।​

हैदराबादमा अवस्थित संसारकै ठूलो स्टुडियो ‘रामोजी फिल्म सिटी’मा खिचिने फिल्ममा अन्य चर्चित कलाकारलाई पनि अनुबन्धित गर्ने तयारीमा निर्माण टोली रहेको छ। साउनदेखि छायांकनमा जाने फिल्ममा छायांकार पनि भारतकै कविरलाललाई अनुबन्धित गरिएको छ।​

फिल्ममा नीतासँगै हरिहर शर्माको मुख्य भूमिका रहनेछ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला