नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवस: कास्कीमा गुरुङ, अधिकारी र गिरी सम्मानित, सहारा क्लब पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १६ चैत । पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ कास्की शाखाले २०५५ सालमा स्थापना गरेको पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राज बहादुर गुरुङलाई नगद रु. ५० हजार ५ सय ५५ सहित र २०८२ बाट संस्थागत रुपमा महासंघलाई दिएको योगदान स्वरुप सहारा क्लबलाई सम्मानपत्र प्रदान गरेको हो ।

विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध हुनुहुन्छ ।
यस्तै पोखराका प्रथम पत्रकार स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी -अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया , दोसल्ला र सम्मान पत्र सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र स्व.जगन्नाथ सिग्देल परिवारले उहाँहरुलाई सम्मान अर्पण गर्नुभयो । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखापत्र साथै समाधान दैनिक र गिरी सफल न्यूजमा आवद्ध हुनुहुन्छ ।

सम्मानित व्यक्तित्वलाई बधाई दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आमनागरिकलाई सत्यतथ्य सूचना र समाचार फैल्याउन गाह्रो रहेको अहिलेको अवस्थामा जिम्मेवार र मर्यादित पत्रकारिता आवश्यक रहेको बताउनुभयो ।
शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्ने संकेत गर्दै पत्रकारिताले निश्पक्ष रुपमा प्रतिपक्षको भूमिका निभाउन पर्ने औल्याउनुभयो ।
कार्यक्रममा संघ संस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी , प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुली लगाएत बोलेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन भुपाल गुरुङले गर्नुभएको थियो ।
वि.सं. २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार महासंघले यस वर्षको ७१ औं स्थापना दिवस मर्यादित पत्रकारिता,सुरक्षित पत्रकार ः श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार भन्ने नाराका साथ देशभरका शाखाहरुमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला