पोखराको चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत ४ । चैते दशैंको छेको पारी पोखरामहानगरपालिका वडा नं। १९ चुरुङ्गामा जिल्लास्तरीय भजन गायन प्रतियोगिता हुने भएको छ ।

चुरुङ्गामा अवस्थित प्राचिन दुर्गामन्दिर एवं गौरीशंकर ब्रह्मविद्यापीठको प्राङ्गणमा हालै पुर्ननिर्माण गरिएको दुर्गा पाञ्चायन मन्दिरको दोस्रो वार्षिकोत्सवसँगै जिल्लास्तरीय भजन गायन प्रतियोगिताको तयारी शुरु गरिएको मन्दिरका कार्यबाहक अध्यक्ष शंकर गौतमले जानकारी दिनुभयो ।
यही चैत ११ गते हुने प्रतियोगितामा जिल्ला बाहिरका सहित करिब १५ टोलीको सहभागिता रहने कार्यक्रम संयोजक सन्दीप केसीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमलाई व्यवस्थित गर्न बिभिन्न संघ संस्था, आमा समुह, धार्मिक संस्था लगायतसँग सहकार्य भईरहेको छ । पत्राचार देखि आन्तरिक व्यवस्थापनको कार्यलाई तिब्र बनाईएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक भजन चुड्का संरक्षण अभियान कास्कीको विशेष प्रस्तुति रहने बताईएको छ । महेश गुरुकुल, देवघाटका प्राचार्य फणिन्द्रराज पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिभिन्न धार्मिक संघ संस्थाको सहभागिता रहने मन्दिर पुर्ननिर्माण समितिका सचिव विकास गौतमले बताउनुभयो ।
शताव्दी पुरानो सो मन्दिर केही वर्ष अघि मात्र पुर्ननिर्माण गरिएको थियो । २ करोड ५० लाखको लागतमा पुर्ननिर्माण गरी मन्दिरलाई व्यवस्थित र आर्कषक बनाईएको छ । मन्दिर संचालनका लागि गतवर्ष आयोजना गरिएको महायज्ञबाट १ करोड १६ लाख संकलन भएको थियो ।
संकलित रकमबाट खर्च कटाएर बाँकी रहेको ६१ लाख हाल कोषमा राखिएको महायज्ञ व्यवस्थापन समितिका महासचिव रहेका गौतमले जानकारी दिनुभयो ।

मन्दिरको संरक्षक १ हजार ८ स्वामी रमानानन्द गिरी महाराज छन् । उक्त मन्दिरमा बडा दशैं, चैते दशैं लगायतका पर्वमा भक्तजनको घुँईचो लाग्ने गर्दछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला