पोखरा, माघ ६ । पोखरा महानगरपालिका वडा नम्बर– ६ बैदाममा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ ।
सोही अवसरमा सहकारी संस्थाले पोखरा महानगर पालिका वडा नं. २५ मा रहेको मानवसेवा आश्रममा आश्रितहरूलाई बिहानको खाना खुवाएर सहकारीले स्थापना दिवस मनाएको हो ।
अध्यक्ष सूर्यनाथ पहारीले संस्थाले विगतका स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत फेवा ताल सरसफाइ, रक्तदान कार्यक्रम का साथै विद्यालयमा न्यानो कपडा वितरण गरेका स्मरण गर्दै, यो वर्ष आश्रममा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका आश्रममा रहने बेसहाराहरूको सम्मानस्वरूप बिहानको भोजन गराउन पाएको खुशी व्यक्त गर्नुभयो ।
मानव सेवा आश्रम हेम्जाका व्यवस्थापन समितिमा प्रमुख रामजी अधिकारीले संस्थाको स्थापना दिवसका अवसरमा आश्रममा आश्रित परिवारलाई खाना खुवाएर असल कर्म गरेको बताउदै कार्यक्रम सफलताको शुभकामना संगै धन्यवाद दिनुभयो । असल कर्मले समाजमा सहयोगी भावनाको विकासमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सहकारीले आश्रममा आश्रित १ सय ९० जनालाई बिहानको खाना खुवाएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सुन्दरराज पहारी सचिव कृष्ण कुमारी पौडेल र कोषाध्यक्ष बैकुण्ठ तिमिल्सिना लगायत संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।















