काठमाडौं, माघ ७ । १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपका लागि २३ सदस्यीय नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक भएको छ ।
माघ १७ देखि २४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने यस प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपाली टोलीको नाम बुधबार (आज) सार्वजनिक गरेको हो ।
उक्त टोलीमा अलिजा वि.क, अनिता रानामगर, आशिका कार्की, माया मास्के, मीनमाया श्रेष्ठ, वर्षा कुँवर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, निर्मला आचार्य र प्रजिता राई समावेश छन् ।
त्यस्तै पूर्णिमा ताडी, सारा लिम्बू, सवनम राई, सलोनीकुमारी चौधरी, सङ्गीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशीला केसी र यमकुमारी विक पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।
घरेलु मैदानमा आयोजना हुने यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित नेपाली टोली मैदान उत्रनेछ ।
सिङ्गल राउन्ड रोबिनको आधारमा सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी रहने छ ।
विषेशगरी आफ्नै घरेलु समर्थकको साथ आफ्नै मैदानमा नेपाली यू–१९ महिला टोलीले साफ च्याम्पियनशिपमा सशक्त चुनौती प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।















