सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत गन्तव्य प्रर्वद्धन सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २९ मङ्सिर । सेकेन्ड इन्डिया–नेपाल टुरिज्म मिट अन्तर्गत भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीको सहभागितामा सोमबारदेखि गन्तव्य प्रर्वद्धनका कार्यक्रम सुरु भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको संख्यामा बृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा गन्तव्य प्रर्वद्धन सुरु गरिएको हो ।

भारतीय टुर अपरेटर र मिडियाकर्मीको टोलीललाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले सोमबार सुनौली नाकामा स्वागत गर्र्दै स्थल मार्गबाट चितवनको सौराहा ल्याइएको छ ।
भारतीय टोलीलाई होटेल संघ नेपाल चितवनका तर्फबाट स्वागत एवम् पर्यटकीय साझेदारी लगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुभयो ।

अन्तरक्रियामा होटेल संघ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृत लगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावना लगायतका विषयमा बोल्नुुभएको थियो । उक्त अवसरमा सौराहाको प्रर्वद्धनात्मक भिडियो समेत प्रस्तुत गरिएको थियो ।
महासचिव सापकोटाका अनुुसार भारतीय प्रर्वद्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बाग्लुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मिटमा सहभागी बन्ने छ । टोली ४ गते पोखराबाट पाल्पाहुँदै सुनौली नाकाबाट भारत फर्कने उहाँले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला