पोखरा । नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) , महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की) , महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत) , कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहु) , सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की ), केशव अमगाइ (गोरखा) , अम्बिकाप्रसाद भट्टराई (तनहु) र मणि डुम्रे (नवलपुर) रहेका छन्।
नेपाली लेखक संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रिय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति छनौट गरेको हो ।
कार्यक्रममा नेपाली लेखक संघ गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । समीपले विविध साहित्यिक गतिविधिहरु मार्फत संस्थालाई क्रियाशिल राख्दै संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्दता व्यक्त गर्नु भयो ।
कार्यक्रममा ने. ले.सं. निवर्तमान केन्द्रिय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ , ने. ले.सं. केन्द्रिय सचिव मिलन समीर , ने. ले. सं. गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी र ने ले सं कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना व्यक्त गर्नु भएको थियो ।













