आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुँदै, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा आउँदो शनिबार ‘पोखरा विन्टर फेष्ट’ हुने भएको छ । प्रचार नेपाल, अर्बिटे«रि इभेन्ट र स्पेक्स–१४ को आयोजनामा पोखरा लेकसाइड खहरेमा रहेको क्लब क्याटवाकमा उक्त फेष्ट हुन लागेको हो ।
फेष्टमा चर्चित भारतीय कलाकार सञ्जु राठोरको प्रस्तुती रहने प्रचारका सञ्चालक आशिष पुरीले जानकारी दिनुभयो । राठोडका गुलाबी सारी, सुन्दारी, गल्ती से मिस्टेक, चाल सिके सिके जस्ता गीत चर्चित छन् । राठोड केही महिनाअघि पोखरा घुम्न आउनुभएको थियो ।

पोखरा मन परेका कारण शोको लागि पुनः आउन राठोड तयार भएको पुरीले बताउनुभयो । राठोडले पोखरामा पहिलोपटक आफ्नो प्रस्तुती दिन लाग्नुभएको हो ।

फेष्टमा राठोडसँगै एसटी म्यान, राजन केसीसहित कलाकारको प्रस्तुती रहनेछ । र्याप भर्स र लाइभ परफर्मेन्सका लागि चर्चित एसटि म्यानका बोमबे, सिनेमा, झोला ग्याङ जस्ता गीतहरु चर्चित छन् ।
युवामाझ लोकप्रिय उदीयमान कलाकार राजन केसीले फेष्टको सुरुआतमा प्रस्तुती दिनुहुनेछ । फेष्ट साँझ ८ बजेबाट सुरु हुनेछ । फेष्टका लागि खल्तीमार्फत टिकट काट्न सकिनेछ । चर्चित कलाकार आउने उक्त फेष्टका लागि तयार रहेको क्लब क्याटवाकले जनाएको छ ।

संगीत, ¥याप, युवा ऊर्जा र विन्टर फेस्टिभलको भावना एकै ठाउँमा अनुभव गर्न चाहने जो–कोहीका लागि यो फेष्ट लाभदायी हुने प्रचारका सञ्चालक पुरीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला