‘पोखरा आर्ट क्याम्प’ कार्यशाला हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ – अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले ४ दिने ‘पोखरा आर्ट क्याम्प’को आयोजना गर्ने भएको छ । चार देशिय कार्यशालामा नेपाल बंगलादेश, इरान र भारतको सहभागिता रहनेछ ।

चक्रपथस्थित मार्थ थकाली होटलमा आयोजित पत्रकार सम्मेलनमा ‘आईडब्लुएस’ नेपालका अध्यक्ष एनबि गुरुङ्गले ४ देशका करिब ८० जना कलाकारको सहभागिता रहने जानकारी दिए ।
अध्यक्ष गुरुङ्गले सो कार्यक्रमले पोखराको पर्यटन विकास र प्रर्वद्धनमा टेवा दिनका साथै पोखरालाई विश्व माझ कलामार्फत चिनाउन सहयोग गर्ने बताए ।

पत्रकार सम्मेलनमा जनसाँकृतिक महासंघका महासचिव लालकाजी लामा, बरिष्ठ कलाकार डिराम पाल्पाली, राष्ट्रिय ललितकला संघका अध्यक्ष दिपेन्द्रमान बनेपाली, ललितकला पत्रकार समाजका अध्यक्ष तथा कलाकार केशबराज खनाल, कलाकार बाबु साइला लगायतका कलाकारको उपस्थिती रहेको थियो ।

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने उक्त ४ दिने ‘पोखरा आर्ट क्याम्प’ कार्यशालामा सामूहिक कला कार्यशाला, कला सेमिनार, पोखराको रमणीय स्थानको भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला