सुस्ताको सम्पदा र सभ्यताको प्रचारप्रसार गर्न चित्रकला प्रदर्शनी

नगेन न्यूज
  • ख-
  • ख+

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिकामा भएका सम्पदा र सभ्यताको प्रचारप्रसार गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गरिएको छ ।
सुस्ता गाउँपालिका नवलपरासीको आयोजनामा कलाकार बिके नरबहादुरले गाउँपालिकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदालाई चित्रकलामा प्रस्तुत गर्नुभएको थियो ।

कलाको माध्यमबाट गाउँपालिकाको प्रवद्र्धन गर्न चित्रकला प्रदर्शनी गरिएको हो ।
उक्त चित्रकला प्रर्दशनी बिकेको १८ औं एकल कला प्रर्दशनी हो ।

उहाँले बनाएका चित्र प्रदर्शन गरिएको थियो भने उक्त चित्रलाई समावेश गरि प्रकाशन गरिएको पुस्तक पनि विमोचन गरिएको थियो ।
चित्रकला प्रदर्शनीको शुभारम्भमा गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले चित्र कलाको प्रदर्शनीले पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिका भित्रका सम्पदा र सभ्यता चित्रमा उतारेर प्रशंसनीय काम गरेको भन्दै कलाकार बिके नरबहादुरको कलाको प्रशंसा पनि गर्नुभयो ।

सुस्ता गाउँपालिकामा महत्वपूर्ण धार्मिक, सांस्कृतिक सम्पदाहरु रहेको र ती सम्पदाको पहिचान र प्रचाप्रसारका लागि चित्रकलाको माध्यमबाट प्रवद्र्धन गर्न गाउँपालिकाले चित्रकला प्रदर्शनी गरेको बताउनुभयो । उहाँले यहाँका सम्पदालाई जस्ताको त्यस्तै चित्रमा उतार्ने कलाकारिताको प्रशंसा पनि गर्नुभयो ।


आगामी दिनमा पनि कला संस्कृतिको विकास र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिईने अध्यक्ष उपाध्यायले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलाकार बिके नरबहादुरले कला मार्फत आफूले समाजमा रहेका सांस्कृतिक सम्पदालाई चिनाउने कार्य गर्दै आएको बताउँदै सुस्तामा पनि अवसर दिएकोमा पालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विकास र समृद्धिका लागि कलाकारको पनि महत्वपूर्ण योगदान हुने भएकोले सरकारले कला क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उहाँको भनाई थियो ।
अरनिको स्मृत्ति प्रतिष्ठानका अध्यक्ष तथा कलाकार मन गोल्डीले कलाकै माध्यमबाट नरबहादुर बिके देश विदेशमा आँफु र देश चिनाउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय सरकारले स्थानीय कलाको उजागर र प्रोत्साहनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले प्रचारप्रसार नहुँदा ओझेलमा परेका पालिका भित्रका महत्वपूर्ण सम्पदा र सभ्यतालाई कला मार्फत चिनाउने प्रयास गरिएको बताउनुभयो ।

सुस्ता गाउँपालिका अन्र्तगत रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नारायणी नदी, चुहाडी मन्दिर, अनोमाघाट, सुस्तापारीको गाउँ, मदारबाबा मजार, स्थानीय संस्कृतिहरु चित्रकलामा उतारिएको उहाँले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला