अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप बिश्वकला यात्री प्राज्ञ नगेन सिंहका गतिबिधिहरु

नगेन न्यूज
  • ख-
  • ख+

एनएस क्लब ललितकला पत्रकार पुरस्कार यो बर्ष सरिता पगेनी तिमेल्सेनालाई

नगेन न्यूज डटकम, पोखरा १९ मंसिर । एनएस क्लब ललितकला पत्रकार पुरस्कार यो बर्ष पत्रकार सरिता पगेनी तिमेल्सेनाले रु ११५५५÷– नगद सहित दोसल्लाहले सम्मानित हुनुभएको छ । त्यस्तै स्नातक देखि प्लस टु तर्फ पहिलो हिलपोन्टको अबिल गुरुङ्गले स्वर्ण पदक, दास्रो पोखराको निश्चल गुरुङ्गले रजक पदक, तेस्रो प्रदेश नं. ५, नेपालगञ्जका सागर क्षेत्रीले क्यास्य
पदक र सान्तवना धरानकी स्वोता र हिलपोन्टकी निशा पुनले पाएका छन् ।

कलाकार लोक प्रसाद गुरुङ्ग,डिबि गुरुङ्ग र झबिन्द्र गुरुङ्गले कलाकृतिको गुणस्तरको आधारमा पुरस्कृत कलाकृतिको छनौटगरेका थिए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरु स्वतन्त्र पत्रकार महासंघको केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बिशेस अतिथि हिमाञ्चल बोडिङ्ग स्कुलका भ्याईस पिन्सिपल निमल भण्डारले  पुरस्कार प्रदान गरेका थिए । बिश्वकला यात्री प्राज्ञ नगेन सिंहको अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप प्राज्ञ सिंहका बिद्यार्थीहरुको एनएस क्लब ले राष्ट्रिय कला प्रर्दशनीको आयोजना गरेको हो। प्रर्दशनी मंसिर २२ गते सम्म जारी रहने  साथै बिद्यार्थीका लागि रु २०  र अन्यका लागि २ सयको  टिकट काटेर प्रर्दशनी अबलोकन गरी आफूले मन परेको कलाकृतिलाई भोट गरी बिजेता बनाउन सकिने एनएस क्लव पोखराको सदस्य रेबिका थापाले जानकारी दिईन ।
प्रतियोगीतामा समाबेश भएका  २०८ कलाकारका २५० कलाकृति मध्ये प्रदेश नं ६ का बिक्रम शिशिरको कलाकृतिले प्रथम स्थान हासिल गरी नगद १५ हजार ,१५ हजार बराबरको पेन्टिङ्ग  ,सम्मानपत्र र  स्वर्णपदक  पुरस्कार पाएको सभापति बिकास गुरुङ्गले बताउनुभयो ।
एनएस क्लब राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रर्दशनीमा  नेपालका सात वटा प्रदेशका कुलपति,प्राज्ञ,विज्ञ,बरिष्ठ कलाकार,युबा र मन्टेश्वरीमा अध्ययनरत स साना बालकलाकारहरुको कलाकृति नियाल्न पाईन्छ । पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा  गरिएको प्रर्दशनीमा  एक बर्षीय बालक देखि ७५ बर्षीय जेष्ठ नागरिकसम्मका कला कृति हेर्न पाईन्छ ।
भर्खर सिसाकलम समात्न सिकेका बिद्यार्थी देखि कुलपति सम्मका कलाकृति नियाल्न पाईन्छ ।त्यति मात्र कहाँ हो र देशका सात वटै प्रदेशका २०८कलाकारका  २५० कलाकृति एकै थलोमा एकै पटक हेर्न र बुझ्न पनि पाईन्छ । शान्ति पर्यटन र कला प्रबद्धनको उदेश्यले    कला पारखीका लागि यो गज्जवको अबसर  एनएस क्लब पोखराले जुराईदिएको हो ।  टिकटमा कला प्रदर्शनी हुनुका साथै ललितकलाको पुस्तक र कलाकृति विक्रीका लागी समेत राखिएको र एनएस क्लव पोखराका अध्यक्ष बिजय गुरुङ्गले बताउनुभयो ।

नेपालमा पहिलो पटक चित्रकलाको पुरस्कार पनि भोटिङ्गबाट

नगेनन्यूज डटकम, पोखरा १५ मंसिर । एनएस क्लव पोखराको आयोजनामा “एनएस क्लव राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रर्दशनि २०१८” नामक पोखराको महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरीमा प्रर्दशनीको उद्घाटन समारोहमा नेपालमा पहिलो पटक चित्रकलाको पुरस्कार पनि भोटिङ्गबाट हुन गईराखेको एनएस क्लव पोखराका अध्यक्ष बिजय गुरुङ्गले बताउनुभयो ।
एनएस क्लब राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रर्दशनी  हिजो देखि पोखरामा शुरु भएको छ । प्रर्दशनीमा  नेपालका सात वटा प्रदेशका  कुलपति,प्राज्ञ,विज्ञ,बरिष्ठ कलाकार ,युबा र मन्टेश्वरीमा अध्ययनरत स साना बालकलाकारहरुको कलाकृति नियाल्न पाईन्छ ।   पोखराको महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरीमा  गरिएको प्रर्दशनीमा  एक बर्षीय बालक देखि ७५ बर्षीय जेष्ठ
नागरिकसम्मका कला कृति हेर्न पाईन्छ । भर्खर सिसाकलम समात्न सिकेका बिद्यार्थी देखि कुलपति सम्मका कलाकृति नियाल्न पाईन्छ ।त्यति मात्र कहाँ हो र ,देशका सात वटै प्रदेशका २०८कलाकारका  २५० कलाकृति एकै थलोमा एकै पटक हेर्न र बुझ्न पनि पाईन्छ । शान्ति पर्यटन र कला प्रबद्धनको उदेश्यले    कला पारखीका लागि यो गज्जवको अबसर  एनएस क्लब पोखराले
जुराईदिएको हो ।  टिकटमा कला प्रदर्शनी हुनुका साथै ललितकलाको पुस्तक र कलाकृति विक्रीका लागी समेत राखिएको र एनएस क्लव पोखराका अध्यक्ष बिजय गुरुङ्गले बताउनुभयो ।
प्रतियोगीतामा समाबेश भएका  २०८ कलाकारका २५० कलाकृति मध्ये प्रदेश नं ६ का बिक्रम शिशिरको कलाकृतिले प्रथम स्थान हासिल गर्याे । उनलाई नगद १५ हजार ,१५ हजार बराबरको पेन्टिङ्ग  ,सम्मानपत्र र  स्वर्णपदक बाट पुरस्कृत गरियो ।
त्यसैगरि मन्टेश्वरी तर्फ  डायमन्ड बोडिङ्ग स्कुलका मान्यता तिवारी प्रथम भइन ।उनले नगद रु  दुई हजार , स्वर्ण पदक र सम्मान पत्र प्राप्त गरिन । सुर्खेतका बैभब चन्द दोश्रो भए। उनले  रु पन्ध्र सय सम्मान पत्र र रजक पदक प्राप्त गरे ।रुपा मन्टेश्वरी किड्स होमका नज्योशा सिंह तेश्रोे भईन । उनलाई पनि नगद रु १ हजार कास्य पदक र सम्मान पत्र बाट पुरस्कृत गरियो ।
बाँकेका प्रितम पगेनी चौंथौ स्थान प्राप्त गर्न सफल भए । उनलाई नगद पाँच सय पदक र सम्मान पत्रले पुरस्कृत गरियो ।
कलाकार लोक प्रसाद गुरुङ्ग,डिबि गुरुङ्ग र झबिन्द्र गुरुङ्गले कलाकृतिको गुणस्तरको आधारमा पुरस्कृत कलाकृतिको छनौट गरेका थिए । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथिहरु हिमाञ्चल बोडिङ्ग स्कुलका डाईरेक्टर धु्रर्ब केसी र ज्ञान ज्योती बिद्या कुञ्जका प्रिन्सिपल अर्जुन प्रसाद अधिकारी ले  पुरस्कार प्रदान गरेका थिए । बिश्वकला यात्री प्राज्ञ नगेन सिंहको अहिलेको युग ललितकला डायमन्ड युग बनाउने घोषणा अनुरुप प्राज्ञ सिंहका बिद्यार्थीहरुको एनएस क्लब ले राष्ट्रिय कला प्रर्दशनीको आयोजना गरेको हो। प्रर्दशनी मंसिर २२ गते सम्म जारी रहने  साथै बिद्यार्थीका लागि रु २०  र अन्यका लागि २ सयको  टिकट काटेर प्रर्दशनी अबलोकन गर्न सकिने   कार्यक्रम संयोजक ममता मंजुलले जानकारी दिईन ।

उक्त कार्यक्रममा एनएस क्लब ललितकला पत्रकारीता पुरस्कार यस बर्षको पत्रकार सरीता पंगेनीलाई दिने घोषणा गरिएको छ।

रुपा तालको माछा खाँदै फेवातालको दृश्य:- नगेन आर्ट मण्डल

नगेन न्यूज डटकम,भट्ट सुन्दा अचम्म लाग्छ, फेवा ताल आएपछी फेवा तालको माछा खाने रहर सवैलाई हुन्छ । तर पोखराको लेकसाइड स्थित हल्लनचोकमा रहेको नगेन आर्ट मण्डलामा अनौठो व्यवस्था  रहेको छ । फेवा तालको किनार स्थित मण्डलामा रुपा तालको माछा सँगै विभिन्न प्रकारहरु रहेको सञ्चालकले वताएका छन् । शान्त वातावरणमा पर्याप्त स्पेश सहित सञ्चालमा आएको मण्डलनाशामा नेपालमा पहिलो पटक आफ्नो फेशको पेन्टीङ्ग गराउने व्यवस्था रहेको मण्डालाका अध्यक्ष खुम वहादुर भूजेलले जानकारी दिनुभयो । करिव २ करोड लगानीमा लेकसाईडको मुख्य चोक, हल्लनचोकमा खुलेको रेष्टुरेन्टमा करिव २०० जना अट्न सक्के हल तथा टेवल रहेको छ । हरेक दिन  फरक फरक व्याण्डका साथमा जन्मदिनको विशेष अफर रहेको छ ।
पोखरामा नै फरक र विशेष तरिकाले अतिथ्यता गरिने रेष्टुरेन्टमा दैनिक खानाका परिकारहरु समेत विशेष रहेको छ ।

नगेनको दशौं एकल कला प्रदर्शनीमा काठमाण्डौंका रोजन प्रथम
नगेनन्यूज डटकम, पोखरा, साउन ९, कलाकार प्राज्ञ नगेन सिहं ठकुरीको ‘दशौं एकल चित्रकला प्रदर्शनीमा “आर्ट स्केच एण्ड पेन्टिङ्ग प्रतियोगिता”मा काठमाण्डौं क्याम्पसका रोजन खड्का प्रथम भएका छन् ।
देशभरका कलामा रुचि राख्ने स्नातक तहका बिद्याथिहरु “आर्ट स्केच एण्ड पेन्टिङ्ग प्रतियोगिता”मा सहभागी भएका थिए ।

सिभिल इञ्जिनियरिङ्ग र बिज्ञान प्रदर्शनी २०७५को अवसर पारेर गरीएको “नगेन कला प्रदर्शनी”मा प्राज्ञ नगेन सिहंको एक्लेरिक र पानीरंगद्धारा निर्मित ११ इन्च÷२५इन्च देखि ३÷४ फिटसम्म आकारका १९ वटा कलाकृतिहरुको  पञ्चिमाचल क्याम्पस पोखरा लामाचौरको हलमा प्रदर्शन गरिएको सिभिल इञ्जिनियरिङ्ग स्टूडेन्टस् सोसाईटीका कला संयोजक जिबन राज
अर्यालले बताउनुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सभासद कलाकार प्राज्ञ नगेन सिंहले अहिलेको नेपालको युग ललितकला डायमन्ड युग बनाउने घोषणाको ऐक्तबद्धता जाहेर गदै सिभिल इञ्जिनियरिङ्ग स्टूडेन्टस् सोसाईटीका अध्यक्ष पदम सिहं धामीले “नगेन कला प्रदर्शनी”का साथै स्नातक तहको “आर्ट स्केच एण्ड पेन्टिङ्ग प्रतियोगिता” राखेको  ललितकला डायमन्ड युग
स्थापना गर्नमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

स्नातक तहको “आर्ट स्केच एण्ड पेन्टिङ्ग प्रतियोगिता” प्रथम काठमाण्डौं क्याम्पसका
रोजन खड्का (पानीरगंको चित्र), द्धितिय पञ्चिमाचल क्याम्पसका सैहाद्ध श्रेष्ठ (तेलरगंको चित्र), तिर्तिय बरदान(ल्याण्डस्केप) र सान्त्तवना दिपक श्रेष्ठ (प्रोटेट) हुनुभएको लाई कलाकार प्राज्ञ नगेन सिहं ठकुरीले नगद, मेडल र ट्रफिले पुरस्कृत गर्नु भएको थियो ।

सिभिल इञ्जिनियरिङ्ग स्टूडेन्टस् सोसाईटीका अध्यक्ष पदम सिहं धामीकोे सभापतित्वमा भएको कार्यक्रमको  कला संयोजक जिबन राज अर्यालले गर्नुभएको थियो ।

क्षेत्रलाल,आलोक र नगेनको कलाप्रर्दशनी तारागाउँ संग्रालयमा सुरु
बैशाख १९ । अन्नपुर्ण सेञ्चुरी पर्यटन समितिद्धारा आयोजित अन्नपुर्ण सेञ्चुरी पर्यटन महोत्सब २०७४ ( पहिलो चरण अन्नपुर्ण आधार शिविर र दास्रो चरण छोम्रोङ ) को सन्दर्भमा पोखरेली कलाकारहरुद्धारा स्थलगत कला कार्यशालामा कोरिएका कलाकृतिहरुको प्रर्दशनी मगंलबारदेखि काठमाडौंस्थि ह्यात रेजेन्सीमा रहेको तारागाउँ संग्रालयमा सुरु भएको छ ।
वरिष्ठ कलाकारद्वय क्षेत्रलाल कायस्थ र आलोक गुरुङ एवं प्राज्ञ नगेन सिंहद्वारा सिर्जना गरिएका एक्लेरिक, मिक्स मिडिया, तेल र पानीरंगद्धारा निर्मित ११ इन्च÷२५इन्च देखि ७÷१५ फिटसम्म आकारका ४५ वटा कलाकृतिहरुको मूल्य ९ हजारदेखि एकलाख रुपियाँसम्म तोकिएको छ ।

यसैबीच हिमालमुनिका कलाकृतिहरुको प्रदर्शनी शुभारम्भ गर्दै अन्नपूर्ण काठमाडौं समाज नेपालका अध्यक्ष मनप्रसाद गुरुङले कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्गको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल सरकारका सहसचिव एवं समाजका उपाध्यक्ष झलकराम अधिकारीले समग्र अन्नपूर्ण क्षेत्रको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा चित्रकलाका माध्यमबाट गरिएको प्रचार दीगो र चिरस्थायी हुने बताए ।
अन्नपुर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ्गले विश्वको उत्कृष्ट पदयात्रा मार्गलाई कला कार्यशाला र यो प्रर्दशनीले कलाको माध्यमबाट अझ सशक्त जीवन्त क्यानभासमा उर्ताने कलाकारहरुको कर्मले नेपालमा छिटै ललितकला डाइमण्ड युग आउने विश्वास व्यक्त गर्नु भयो । प्राज्ञ नगेन सिंहले कला जगतलाई प्रत्येक घर, पसल र कार्यालयमा पु¥याउनु पर्ने बताउदैं ललितकलाले देश विकासमा महत्वपुर्ण भुमिका खेल्ने सन्देश यो प्रर्दशनीले दिने बताउनु भयो ।

त्यसैगरी समाजका महासचिव एवं नेपाल सरकारका उपसचिव विष्णुप्रसाद अधिकारीले अन्नपूर्ण गाउँपालिकाको समग्र विकासका लागि सरोकार निकायसँग हातेमालो गरी अघि बढ्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थ, महोत्सवका सल्लाहकार एवं नेप्लीज फेष्टिवल प्रा।लि।का अध्यक्ष यामनाथ सापकोटा लगायतले विश्वकै उत्कृष्ट गन्तव्य अन्नपूर्ण आधारशिविर र त्यहाँको जनजीवनको सशक्त प्रस्तृति कलाकृतिमा पाइने विचार व्यक्त गरे ।
बरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले पर्यटकिय स्थल अन्नपुर्ण आधार शिविरको पदयात्रा मार्ग एवं अन्नपुर्ण गाँउपालिकाको विकासको लागी तत्स्थानमा गई प्रत्यक्ष कलाकृति सिर्जना गरेको बताउदैं यो प्रदशनीले त्यो ठाँउको अझ प्रचारप्रसार हुने बताउनुहुन्छ । कलाकार आलोक गुरुङ्गले छोम्रोङ, घान्द्रुक र त्यहाका बासिन्दालाई फोकस गरी कला सिर्जना गरेको बताउनुभयो ।
विश्वकला यात्री प्राज्ञ नगेन सिंहले हिमालको साथ साथै झरना, गुफा, गाउँघर, पहाडले मन छुयकोले ७÷१५ फिटको गुफा, ७÷१० फिटको गाउँको घर, झरना, गाउँबस्ती आफ्नो क्यानभासमा उतारेको बताउनुभयो ।

अन्नपुर्ण सेञ्चुरी पर्यटन महोत्सब २०७४ पहिलो चरण २०७४ अशोजमा अन्नपुर्ण आधार शिविरमा र दोस्रो चरण २०७४ पुसमा छोम्रोङमा सम्पन्न भएको थियो । तेस्रो चरण तथा अन्तिम २०७५ जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण म्याराथन दौड, कला कार्यशाला÷प्रर्दशनील सहित विविध साँस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम घान्द्रुकमा सम्पन्न हुने महोत्सव प्रचार प्रसार संयोजक टंकराज अधिकारीले जानकारी दिदै काठमाडौंस्थि ह्यात रेजेन्सीमा रहेको तारागाउँ म्यूजियममा मंगलबारदेखि सुरु भएको प्रदर्शनी वैशाख २४ गतेसम्म चल्ने बताए ।

संस्कृति मन्त्री रबिन्द्रद्धारा नेपाल फाईन आर्ट मोबाइल एप सार्वजनिक

चैत १७ । ललिलतकलाको सम्र्बद्धन, प्रबन्धन र बिकासका लागि नेपाल फाईन आर्ट (Nepal Fine Arts )  मोबाइल एप आज सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा उड्यन मन्त्री रबिन्द्र अधिकारीले मोबाइल एप सार्वजनिक गर्दै नेपालको ललितकलाको विकास हुने बताउनु भयो । उँहाले उक्त एफ मार्फत ललितकला अन्तराष्ट्रमा पुग्न सफल भएको बताउदै विदेशीले स्वदेशी कलाको बारेमा सजिलै जानकार हुने भएकाले खुसी ब्यक्त गर्नु भयो ।
प्रेस चौतारी नेपाल, कास्कीका अध्यक्ष माधव बरालले ललिलतकलाको बिकासका लागि सहयोग गर्न हरदम तयार रहेको र (Nepal Fine Arts )  एपमार्फत नेपालको कला जगतको बिकास हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उक्त नेपाल फाईन आर्ट (Nepal Fine Arts ) एपमा एप कला प्रर्दशनी, नेपाल भरका आर्ट कलेजहरु, ग्यालरीहरु, नेपालका सम्पूर्ण कलाकारहरुको ब्यक्तिगत विबरण लगाएत ललितकला सम्बन्धि सम्पूर्ण जानकारी रहेको एपका संस्थापक नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका प्राज्ञ नगेन सिहंले जानकारी दिनुभयो । प्राज्ञ नगेन सिहंले ललितकलालाई डायमण्ड युगमा पु¥याउनका लागि एपको निर्माण गरेको बताउनुभयो ।
प्रेस चौतारी नेपाल, कास्कीको सहयोगमा(Nepal Fine Arts )एप सार्वजनिक गरिएको हो ।

पोखरामा ३२ फिट बिशाल क्यानभासमा कलाकृति
नगेनन्यूज डटकम, पोखरा, मंसिर २६ । अहिले पोखरामा ३२÷१६ फिट बिशाल क्यानभासमा चित्र कोर्नमा एक महिनाबाट ब्यस्त छन् नेपालको ४२ जिल्ला भ्रमण गरेर साथै चिन, भूटान र भारतको सुन्दर दृश्यलाई क्यानभासमा उतारिसक्नु भएका बिश्वकला यात्री प्राज्ञ नगेन सिहं ।
कलाकृतिमा प्रयोग भएका रङकोे सम्बन्धमा– “रातो,सेतो र निलो रङ नेपालको राष्ट्रिय झन्डाको प्रतिक हुन्। यौनको सहज पहुँचको आन्दोलन कलाद्वारा नेपालबाट सुरु हुनु पर्छ । नेपाल विश्व कलाका बादहरू आफूमा समाहित गर्ने राष्ट्र मात्र होइन, नेपालमा जन्मेका कला तथा ज्ञानका आयमलाई विश्वमा प्रक्षेपण गर्ने राष्ट्र हो भनी चिनाउनु पर्दछ ।” भन्ने गर्छन बिश्वकला यात्री प्राज्ञ नगेन सिहं ।

पोखराको सबै भन्दा ठूलो कलाकृति बनाउनको लागि बिश्वकला यात्री प्राज्ञ नगेन सिहंलाई नेशनल आर्ट स्कूलकी संस्थापक ममता मञ्जुलले व्यबस्थापन गरिरहनु भएको छ । भने अरु कलाकारहरुले पनि सहयोग गरिरहेका छन ।

क्लाकृतिमा कलाकारहरुलाई अगाडि राखेर कलाकार ममता मञ्जुलको नयन, सुमन के.सी.को नाक, चन्द्रमा थापामगरको ओठ र कल्पना गरेर कान क्यानभासमा उतारिरहेका छन ।

लेखक÷निर्देशन कृष्ण उदासीले ३२÷१६ फिट बिशाल क्यानभासमा “बार्दलीको छेउबाट” नाटकको लागि चित्र बनाउन भने पछि  बिश्वकला यात्री प्राज्ञ नगेन सिहंले पोखराको सबै भन्दा ठूलो कलाकृति बनाउन लागेका हुन ।

प्राज्ञ नगेनंलाई अरु मानिसले लुकाएको, छोपेको कुरालाई प्रकाशमा ल्याकोछन, जमिनमुनि गडेको कुरालाई उत्खनन् गरेकोछन । अरुले पाप र कुकर्म भनेको वस्तुलाई क्यानभासमा उत्सव मनाएकोछन । आम मानिसको मनको अमूर्त भावना र चाहनालाई मूर्त रूपमा क्यानभासमा देखाउँदछन । प्राज्ञ सिहं सामाजिक र सांस्कृतिक बहानाको पर्दाफास गरी उत्तर आधुनिक समयमा आदिम मानिसलाई फेरि श्वासभरि बिउताउँछन । चित्रकलाको सौन्दर्यात्मक गहिराई शब्दमा व्यक्त गर्न कठिन हुन्छ । यसको आभास र अनुभव दर्शकले आफ्नै आँखाले चित्र हेरेपछि हुने कुरा हो ।

तिन दिने शहिद दिवस कला कार्यशाला सम्पन्न
नगेनन्यूज डटकम, माघ १९, पोखरा । शान्ति, पर्यटक र कला प्रवद्र्धनको लागि शहिद दिवस कला कार्यशाला रेन्वो एकेडेमिक होम्स उच्च मा.बि.,रामबजारमा १६ गते देखि शुरु भएको तिन दिने शहिद दिवस कला कार्यशाला सम्पन्न भएको छ ।

तिन दिने शहिद दिवस कला कार्यशालाका प्रमुख अतिथि नेपाल ललितकला गुरु संघका अध्यक्ष बुद्धि गुरुङ्गले क्यानभासमा कलाकृति सिर्जना गरि उद्घाटन गर्नु भएको थियो । बिशेस अतिथि नगेनस् स्टूडिएट क्लव अफ रेन्बोका संरक्षक श्री बाबुराम बरालले शहिद दिवस कला कार्यशाला हाम्रा बिद्यार्थी भाई बहिनीहरुले रेन्वो एकेडेमिक होम्स उच्च मा.बि. रामबजारमा गर्न
इच्छा गरेपछि हामीले यो कार्यक्रमलाई सक्दो सहयोग गरेको बताउनु भयो । नगेनस् स्टूडिएट क्लव अफ रेन्वोकी अध्यक्ष एरिका गुरुङ्ग सभापतित्बको आसन बाट बोल्दै अबबाट सधै शहिद दिवस कला कार्यशाला रेन्बो एकेडेमिक होम्स उच्च मा.बि.,रामबजारमा गरिरहने बताउनु भयो ।
तिन दिने शहिद दिवस कला कार्यशाला अतिथि कलाकारहरु बिश्व कलायात्री प्राज्ञ सभाषद नगेन सिहं ठकुरी, बरिष्ठ कलाकार बुद्धि गुरुङ्ग, नगेनस् स्टूडिएट क्लव अफ हिलपोइटका अध्यक्ष विजय गुरुङ्ग, नगेन आर्ट ग्यालरी हेड अपिसकी सन्जिना गिरी, नगेनस् स्टूडिएट क्लव अफ श्री त्रिभूवनका अध्यक्ष समिर थापा मगर, नगेनस् स्टूडिएट क्लव अफ कन्चनजंगाका अध्यक्ष गगन
गुरुङ्ग, नगेनस् स्टूडिएट क्लव अफ ज्ञानज्योतिकी अध्यक्ष  पविना छन्त्यालले शहिद दिवसमा मात्र नभएर सघै आत्म साथ गर्नु पर्नेमा जोड दिए ।

नगेनस् स्टूडिएट क्लव अफ हिलपोइटका सृष्टि श्रेष्ठ, प्रमिला लामिछाने, प्रमिस गुरुङ्ग, लगायत ४ जना कलाकार, नगेनस् स्टूडिएट क्लव अफ श्री त्रिभूवनका ६ जना कलाकार, नगेनस् स्टूडिएट क्लव अफ कन्चनजंगाका ४ जना कलाकार, नगेनस् स्टूडिएट क्लव अफ ज्ञानज्योतिका ६ जना कलाकार,  नगेनस् स्टूडिएट क्लव अफ रेन्वोका ४९ जना कलाकारहरु सहभागिता भएको नगेन आर्ट ग्यालरी हेड अपिसकी सन्जिना गिरीले जानकारी दिनु भयो ।
७३ क्यानभाषमा सिर्जना गरेका कलाकृतिहरुमा शहिदका गाथा, शहिदले देखेका सुन्दर नेपाल,  रोई रहेको नेपाल आमा, गाउँको मठ मन्दिर, हिमाल, फूलहरु देखि बिदेशका र सूर्य उदय, सन्ध्याकालिन दृश्यहरुले क्यानभास  रंगिएको नगेनस्स्टू डिएट क्लव अफ रेन्वो एकेडेमिक होम्स उच्च मा.बि.की अध्यक्ष एरिका गुरुङ्गले बताउनु भयो ।

चिसापानीमा ऐतिहासिक ल्होसार पर्व सम्पन्न
नगेनन्यूज डटकम, कन्चन गुरुङ्ग, रुपाकोट, २१ पुस । कास्की, रुपाकोट–३, चिसापानी गाउँमा पुस १४ दखि १६ सम्म तीन दिने ल्होसार पर्व भव्यताको साथ र रंगयात्रा कलाकृति प्रर्दशनी सम्पन्न भएको छ ।

चिसापानी तमु समाज यू.के. को प्रायोजनमा गरिएको उक्त कार्यक्रम सफल पार्नको
लागि ऐतिहासिक तमु ल्होसार पर्व–२०७३ चिसापानी मूल आयोजक समिति गठन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले तमु ल्होसार पर्व अहिले आएर सद्भावको पर्व बन्न गएको बताउँदै गाउँ विकासको लागि आफ्नो व्यक्तिगत दृष्टिकोणले नभई उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्नु पर्ने र आपूmले के गरें त ? भन्ने प्रश्न आफैंले आफैंलाई सोध्नुपर्ने बताए ।

रुपाकोट रिर्सोटका संचालक पुष्पराज पगेनी, रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष खेम बहादुर तमु लगायतका विशेष उपस्थिति रहेको यस कार्यक्रममा पूर्व सभासद् कृष्ण बहादुर तमु, चिसापानी कृषि सहकारी संस्था लि. का अध्यक्ष किसान तमु, तमु प्ये ल्हु संघ केन्द्रीय सह–कोषाध्यक्ष कन्चन तमु, चिसापानी तमु समाज यू.के.का अध्यक्ष बुद्धि बहादुर तमु, पूर्व प्र.अ. नोयन्द्र तमु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगेन आर्ट ग्यालरी सैनिक शाखा,  नगेनस् स्टूडिएट क्लव अफ हिलपोइट, नगेनन्यूज डटकम र नगेन फन क्लब अफ्ले खनाथद्धारा बनाइएका यसै गाउँ सम्बन्धी विभिन्न दृश्यका चित्रकला प्रदर्शनी पनि  गरिएको थियो ।
रंगयात्रा कलाकृति प्रर्दशनीमा कलाकारहरु बिश्व कलायात्री प्राज्ञ सभाषद नगेन सिहं ठकुरी, बाबुराम कस्केली, विजय गुरुङ्ग, सन्जिना गिरी, सारा बजिमय, आकास जैसवाल, प्रमिला लामिछाने, जानुका के.सी., सुस्मा गौतम, सहबिर गुरुङ्ग लगायत १० जना कलाकार सहभागिता भएका थिए ।

प्र ल्हो (बाँदर वर्ग) लाई विदाइ गरी च्ह्य ल्हो (चरा वर्ग) लाई स्वागत गर्ने यस कार्यक्रममा तमु संस्कृति अनुसार खेगी गुरुद्धारा
रिपा आयु गरिएको थियो भने २४ जना ज्येष्ठ नागरिक, १८ जना स्वदेश तथा विदेशी फौजमा उच्च पद्वी प्राप्त व्यक्तिहरु,
समाजसेवीहरु २ जना, खेगीहरु (पैंडी र लामा), खेलकूदमा ख्याती कमाएका व्यक्ति तथा स्वदेशी व्यवसायीलाई खादा लगाईसम्मान गरिएको थियो भने प्रायोजक संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो साथै पुरानो संस्कृति ख्याली नृत्य लगायत विविध साँस्कृतिक कार्यक्रमद्धारा भरपुर मनोरन्जन गरिएको थियो ।

समितिका संयोजक धन बहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको उद्घोशण सचिव केश बहादुर तमुले गरेका थिए भने हिम दृश्य क्लब चिसापानीका अध्यक्ष विशान गुरुङ्गले स्वागत गरेका थिए ।
धेरै भक्तजनले आस्था राख्ने प्रसिद्ध चिसापानी देवीको काखमा, रुपातालको शिरमा, अन्नपूर्ण हिमश्रृङखलाको अगाडि नतमस्तक भई थपक्क उभिएको यो रमणिय चिसापानी गाउँ रोयल ट्रेकको रुटमा पर्दछ ।

ऐतिहासिक रंगयात्रा कार्यशाला सुरु
नगेनन्यूज डटकम,पोखरा, पुष १४ । एन.एस क्लव अफ हिलपोइटले शान्ति, पर्यटक र कला प्रवद्र्धनको लागि रंगयात्रा कार्यशालाको १ औ श्रृँखला रुपाकोट–३, चिसापानी गाउँ देखि  सुरु भएको छ ।
चारदिने रंगयात्रा कार्यशाला कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कलाकार बाबुराम कस्केलीले गाउँका हेर्न लायक दृश्यहरु कलाकारले आफ्नो क्यानभाषमा उतारेर यो गाउँको बिकासको लागि प्रचार प्रसार हुने भन्दै क्यानभाषमा कलाकृति सिर्जना
गरि उद्घाटन गर्नु भयो ।

विशेष अतिथि हिम दृश्य क्लब चिसापानीका अध्यक्ष विशान गुरुङ्ग, अतिथिहरु एन.एस क्लव अफ हिलपोइटका सल्लाहाकार सुदिन श्रेष्ठ, नगेन आर्ट ग्यालरीकी सन्जिना गिरीहरुले यो रंगयात्रा कार्यशाला कार्यक्रम ऐतिहासिक पहिलो श्रृँखला भएको र ललितकलाको नयाँ इतिहास रचने बताउनु भयो ।

एन.एस क्लव अफ हिलपोइटका अध्यक्ष श्री विजय गुरुङ्ग सभापतित्बको आसन बाट बोल्दै आज रुपाकोट–३, चिसापानी, कास्की देखि शुरु भएको यो रंगयात्रा कार्यशाला कार्यक्रम देश, बिदेशको बिभिन्न ठाउँमा यात्रा गरिरहने बताउनु भयो ।

चारदिने रंगयात्रा कार्यशालामा कलाकारहरु बिश्वकलायात्री प्राज्ञ नगेन सिहं ठकुरी, सारा
बजिमय, आकास जैसवाल, प्रमिला लामिछाने, जानुका के.सी., सुस्मा गौतम, सहबिर गुरुङ्ग लगायत ११ जना कलाकार सहभागिता भएको नगेन फन क्लब अफ् लेखनाथका प्रमित गुरुङ्ग(शिबु)ले जानकारी दिनु भयो ।
चिसापानी गाउँको मुुल चोकमा रहेको दुई टंकी र एक घरको भित्ता चिसापानी गाउँको मठ मन्दिर, हिमाल, लोप हुन लागेको लालुपातेको प्रेम गाथाले रंगिएको नगेन आर्ट ग्यालरी सैनिक शाखाका निर्देशक सहबिर गुरुङ्गले बताउनु भयो । चारदिने रंगयात्रा कार्यशालामा चिसापानी गाउँको दृश्यहरु हेरेर ११ जना कलाकारले दुई दर्जन कलाकृति क्यानभासमा उतानुका साथै भिडियोग्राफी कला, फोटोग्राफी कला सिर्जना भएको नगेन फन क्लब अफ् लेखनाथका समिर गुरुङ्ग जानकारी दिनु भयो ।

एच.आई.भी.संक्रमित बालशिक्षा र विश्वकला यात्री नगेन को लागि डान्सपार्टि
नगेनन्यूज डटकम, अशोज २ । सुर्योदय डान्स एकेडेमिले अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको लागि सन्डेज फन डान्स पार्टि आइतबार (आज) ओजोन डान्सबारमा  गर्ने भएको छ ।
सन्डेज फन डान्स पाटिबाट उठेको रकम अभिभावक विहीन एच.आई.भी. संक्रमित बालबालिकाको शिक्षाको र विश्वकला यात्री प्राज्ञ नगेन सिह ठकुरीको यात्राको लागि सहयोग गर्ने एकेडेमिका सदस्य सेलिन प्रबिनले बताउनु भयो । उक्त सन्डेज फन डान्स पार्टिको मुख्य प्रायोजक जुगल इन्टरनेशनल ओभरशिज र अन्य सहयोगीहरु वेलकम बुटिक, नगेन आर्ट ग्यालरी, तिर मैन लिाई, जनएकता बचत तथा ऋण सहकारी संस्था लि., ए.बि.सी. मार्ट, डी एण्ड डी डान्सबार एण्ड रेष्टुरेण्ट, उत्तम खाजा घर, ए. टी. जिम, लोयल हार्ट लगाएत ब्यक्तिहरु रहेको एकेडेमिका सदस्य बिनु गुरुङ्गले बताउनुभयो ।
मिडिया पार्टनरमा रेडियो जननी र नगेन न्युज डट कम रहेको जानकारी एकेडेमिका सदस्य सिम्रन राईले दिनुभयो ।
सुर्योदय डान्स एकेडेमिले बिगतमा पनि भुकम्प पिडित र सडक बालबालिकाको लागि न्यानो कपडा, मृगौला रोगीलाई सहयोग, रक्तदान जस्ता विभिन्न काम गरेको जानकारी एकेडेमिका सदस्य आनिया तामाङ्गले दिनुभयो । उक्त डान्सपार्टी  आज साझ ६ बजेबाट सुरु हुने भएको छ ।

रोटुयाक्ट क्लवले वाल दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता
नगेनन्यूज डटकम, लेखनाथ २९ भाद्र, रोटुयाक्ट क्लव लेखनाथको आयोजनामा वाल दिवसको अवसर पारेर चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् नगेन सिंहले कलाको माध्यमवाट आममानिसलाई जागृत गराउनु पर्नेमा जोड दिए । यस्ता खालको कार्यक्रममा युवा र वालवालिका समेत अग्रसर हुँदै गएकोमा खुशि व्यक्त गरे ।
कार्यक्रमका विशिष्ठ अतिथी रोटरी क्लव लेखनाथका प्रेसिडेन्ट इलेक्ट वद्रीनाथ पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अन्तरविद्यालय चित्रकला प्रतियोगितामा प्रथम ज्ञानज्योति विद्याकुञ्जकी पविना छन्त्याल, द्धितिय सरस्वती टिका उच्च माविका मन्दिल भण्डारी, तृतिय गोगन उच्च माविकी स्वस्तीका वास्तोला, सान्त्वना त्रिभुवन शान्ति उच्च माविकी रक्षा नेपाली भएकी छन् ।
रोट्याक्ट क्लव लेखनाथका अध्यक्ष नवराज पौडेलले वालवालिकाका हक हितका निमित्त स्थानिय क्लवहरु तथा समाजिक सस्थाहरुले समेत पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वागत मन्तव्य संयोजक सन्दिप पौडेलले, धन्यवाद ज्ञापन उपाध्यक्ष शिवराज अधिकारी र सञ्चालन सचिव चिरञ्जीवी न्यौपानेले गरेका थिए ।

24 Hour Performance Art Exhibition by Jyoti Hamal at pokhara in Nepal

24 Hour Performance Art Exhibition by Jyoti Hamal On April 1st 2016 to April 2nd at pokhara  in Nepal. Organnized by Nagen Art Gallery aand Supported By Nagen Fan Club of Morang , www.nagennews.com , Chachawhee Fun park , Hotal Jal mahal , DDC kaski & Pokhara Sub-Metropolitan City. Media Partner www.nagennews.com .

FINE ART COMPETITION IN GJVK
Lekhanath, June 27, Gyan Jyoti ViDhyaKunj Ma.Vi. whish lies in lower part of Gagangauda held Fine Art
Competition.

The Competition was level wise in which for secondary level Dipa Pun, Pabina chantyal, Namrata Shahi and Shudha Sherpunja and Nisha Pun got the first, second, third and consolation prize respectively.
Likewise for lower secondary level Bikash Chhetry got the 1 st  position and Renjila Pun, Anita Neupane and Srijana Thakuri secured the 2 nd , 3 rd  and 4 th  position respectively. For the primary Level Swostika Pun was
awarded with first prize . Ankita Pariyar, Puspa Bhujel, Aswin Dhakal and Nischal B.K. got the second, third and Consolation prize respectively.

The judgment of the Fine Art Competition was done by World Art Tourist Academician Nagen Singh .

In the program which was hosted by the Principal Mr Arjun prashad Adhikari & Mr. Mitra Bandhu Subedi had clarified over the importance of Art in his speech.
He said that the art would make life immortal and also urged that the school would continue such programme in coming days too.

The  program  was conducted by the Extra curricular program Co-ordinator Mr. Tank Raj Subedi.

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला