ड्यामसाईड क्लबको चित्रकला प्रतियोगितामा सोफिया प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
वाल दिवसको उपलक्ष्यमा ड्याम साईड क्लब पोखरा १७ को आयोजनामा बुधबार आयोजित अन्तर विद्यालय खुल्ला चित्रकला प्रतियोगितामा वेसलाईन एकेडेमीकी सोफिया रसाईली प्रथम हुनुभएको छ ।
उक्त प्रतियोगितामा दोश्रो पुरस्कार सोसियल पब्लिक स्कुलका सौरब लोर्गन, तेश्रो पुरस्कार न्यु मोडल सेकेन्डेरी स्कुलकी सजितु थापा र सान्त्वना पुरस्कार पार्दी माध्यमिक विद्यालयकी मनिषा गुरुङ र हिमाञ्चल वोर्डिङका दिप्सन केसीले प्राप्त गरेका थिए ।

कार्यक्रममा कवि लक्ष्मण थापाले वाल दिवसको उपलक्ष्यमा क्लबले चित्रकला प्रतियोगिता आयोजना गर्नु निकै सान्दर्भिक र अनुकरणिय कार्य भएको वताउँदै क्लबले आगामि दिनहरुमा पनि सामाजिक कार्यहरुमा सक्रिय रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद वरालले वालवालिकाको चित्रकारिता तथा प्रतिस्पर्धात्मम क्षमता अभिवृद्धिको लागि क्लबले चित्रकला प्रतियोगिता आयोजना गरेको वताउनुभयो ।

पुरस्कृतहरुलाई कार्यक्रमका विशेष अतिथि कवि लक्ष्मण थापा, क्लब अध्यक्ष प्रताप गुरुङ, निर्णयकहरु चित्रकार ढाका भट्टराई र झविन्द्र गुरुङले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
क्लबका सल्लाहकारहरु किसन सिं गुरुङ, शान्तदेवी गुरुङ, केशबराज वराल र निर्वतमान अध्यक्ष पदम बहादुर ढकालले सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र वितरण गरेका थिए ।
सो प्रतियोगितामा कास्की जिल्लाका १५ वटा सरकारी तथा निजि विद्यालयका छात्रछात्राहरुले २३ जना विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम संयोजक क्लबका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद वरालले वताउनुभयो ।
क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रमेशप्रसाद वराल र संचालन महासचिव राकेश श्रेष्ठले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला