नगेन आर्ट एकेडेमीमा बिधायन समितिका सभापति लामिछाने र वडा सदस्य आचार्यको भ्रमण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको नगेन आर्ट एकेडेमीको गण्डकी प्रदेश बिधायन समितिका सभापति विष्णु प्रसाद लामिछाने र पोखरा महानगर वडा नम्बर १६ का नव निर्वाचित वडा सदस्य रामचन्द्र आचार्यले भ्रमण गर्नुभएको छ ।
विष्णु प्रसाद लामिछाने नेपाली कांग्रेसका गण्डकी प्रदेशका महामन्त्री पनि हुनुहुन्छ ।
लामिछानेले चित्रकलाको अवलोकन गर्दा उत्साह आएको बताउदैं ललितकलालाई राज्यले वास्ता नगरिरहेको अवस्थामा नगेन आर्ट एकेडेमीको स्थापना प्रशंशायोग्य रहेको बताउनुभयो । उँहाले कलालाई राज्यले सम्मान गर्नुपर्ने र राष्ट्र र समाजले कला चिन्न सकोस् भनि कामना गर्नुभयो ।


रामचन्द्र आचार्य एमालेका वडा नम्बर १६ का वडा सचिव हुनुहुन्छ ।
आचार्यले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशाँ व्यक्त गर्दै एकेडेमीको सफलताको कामना गर्नुभयो । उहाँले कला के हो सबैले बुझ्न जरुरी रहेको र कलाको विकास हुनु जरुरी रहेको बताउनु भयो ।
विश्वकला यात्री नगेन सिँहले अब ललितकला बिकास बोर्डको आवश्यक रहेको बताउदैं कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्नुभयो ।
नगेन आर्ट एकेडेमीका कार्यक्रम सयोंजक प्रमिशा सिलवालले पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको बताउँदै राज्यले कला तथा कलाकारको सम्मान गर्नुपर्ने बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला