तुलसी बीज रोपण एवम् सम्मान कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्यमा “खाद्य हरियाली सहर कार्यक्रम” अन्तर्गत पोखरा महानगरपालिका ३३ साविक भरतपोखरीमा तुलसी बीजारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले तुलसी बीज रोपण एवम् पोखरा महानगरपालीका वोडा नं. ३३ का नवनिर्वाचित जनप्रतिनिधिहरु वोडा अध्यक्ष रामचन्द्र अधिकरी, वोडा सदस्यहरु प्रकाश कार्की, विनोद भण्डारी, दुर्गा के.सी., लिला नेपालीलाई सम्मान समेत गरेको थियो ।
नवनिर्वाचित वडा अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र अधिकारी र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले तुलसीको बीज छरेर कार्यक्रमको उद्दघाटन गर्दै वडाबासीका आय आर्जन हुने जुनसुकै राम्रा काममा वोडाले सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । अहिले हामीले समग्र वोडाको बिकास तर्जुमा गनुपर्ने भएकोले र पालिका बैठकमा आफ्नो वोडाका कुरा बोल्नुपर्ने भएकोले पनि यहाँहरु सँगको हाम्रो भेटघाट केहि पातलो भएपनि केहि महिना पछि यहाँहरुकै घरदैलोमा सेवारतहुने समेत बताउनुभयो ।
बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशव लम्सालले गत वर्ष साना ठूला गरेर तिन वटा टडेंलमा लगाइएको तुलसी खेतीबाट लगभग ८० हजारको हाराहारीमा तुलसी चियाबाट आम्दानी गर्न सफल भएको बताउनुभयो । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले आफ्नो सेवा क्षेत्रका करीव दुई सय घर परिवारलाई गत चैत्रमा तुलसी चिया निशुल्क बितरण गरेको थियो ।
लम्सालले ‘यो पटक पनि बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले प्रति घर ५० वोटा तुलसीका बिरुवा बितरण गर्ने र उहाँहरुलाई तुलसी खेती प्रति आकर्षण गर्ने बताए ।’ बिरुवा रापेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले लिने छ ।
चौतारीका सचिव मोती भुजेलले तुलसीको पत्ता बाट चिया र तुलसी बिउको माग अत्याधिक रहेकोले उत्पादन पछिको समस्या नरहेको बताउनुभयो ।

तुलसी महत्वपूर्ण बिरुवा हो थाहा थियो तर खेती नै गरिन्छ भन्ने अहिले थाहा पाएकोले आँफु र बन उपभोक्ता समुहका सबैलाइ यसमा जोडीन आव्हान गर्ने र सक्दो सहयोग गर्ने गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुहका अध्यक्ष निलराज आचार्यले बताउनुभयो ।
उक्त तुलसी बीजरोपण कार्यक्रममा टेकनाथ आचार्य, चेत बहादुर महत, बिष्णु प्रसाद लम्साल, सुजन आचार्य, मिन बहादुर भुजेल, मन्जु आचार्य, मनु कार्की, रिजा सुनार, लिला देवी भुवाई, टिका देवी लम्साल, इन्दु कुमारी गुरुङ लगायत सहभागी थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला