पत्रकार महासंघ कास्कीको डिजिटल पत्रकारिता तालिम सुरु

नगेन न्यूज
  • ख-
  • ख+

जेठ २५, पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । आज देखि २७ गतेसम्म संचालन हुने तालिमलाई पोखरा महानगरपालिकाले सहयोग गरेको हो । तालिममा पछिल्लो पटक डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण गराइनेछ ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा महानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । “पोखराको पत्रकारिता क्षेत्र अब मुलधारको हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै काठमाडौंमा मात्र केन्द्रित हुँदा पोखरा अझै कतिपय विषयमा पछाडी परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।”
उहाँले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिदै सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताउनुभयो । “पोखरा महानगरपालिकालाई सूचना मैत्री महानगर बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदै छ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्यालाई छिट्टै समाधान गरिनेछ ।”, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम संचालन गरिएको बताउनुभयो । उहाँका अनुसार डिजिटल पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमा उक्त तालिम संचालन गरेको हो । यसअघि पनि महासंघ कास्कीले पत्रकारिता क्षेत्र सँग सम्बन्धित आधारभूत तालिमहरु गर्दै आएको जानकारी उहँले गराउनुभयो । तालिमबाट प्रशिक्षार्थीले लाभ लिने विश्वास उहाँको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रशिक्षक विकास कार्कीले समय परिवर्तन सँगै हामी पनि परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । “डिजिटल पत्रकारिता आजको आवश्यकता हो । जसका लागि आवश्यक ज्ञानको खाँचो छ । पत्रकार महासंघ कास्कीले आयोजना गरेको उक्त तालिमबाट प्रशिक्षार्थी आवश्यक ज्ञान लिनुहुनेछ भन्नेमा हामी आशावादी छौं ।”, उहाँले भने ।
तीन दिन सम्म चल्ने तालिममा प्रशिक्षकका रुपमा विकास कार्की, उमेश श्रेष्ठ रहेको कार्यक्रम संयोजक तथा पत्रकार महासंघ कास्कीका संयोजक रामप्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो । कार्यक्रमको संचालन सचिव माधव बरालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला