नयाँ-नयाँ रेकर्ड राख्दै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘कबड्डी ४’

Subi Gurung
  • ख-
  • ख+

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ।

रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो। यसअघि ’छक्का पन्जा ३’ ले १६ करोड कमाएको थियो।

पहिलो सातामा १५ करोडमाथि व्यापार गरेको फिल्मले आइतबारसम्म १७ करोड कमाएको जानकारी वितरक गोविन्द शाहीले दिए।

‘हामीले आइतबारसम्मको बक्स अफिस कमाइ पाएका छौं। फिल्मले १० दिनमा १७ करोड व्यापार गरेको छ,’ उनले भने।

‘फाइनल म्याच’ भनिएको फिल्ममा काजीको बिहे हुन्छ कि हुँदैन भन्ने कथा प्रस्तुत गरिएको छ। यसलाई दर्शकहरूले निकै रुचाइरहेका छन्। गत शुक्रबार हलिउड फिल्म ‘टप गनः मेभरिक’ र भारतीय फिल्म ‘विक्रम’ र ‘सम्राट पृथ्वीराज’ प्रदर्शन हुँदा पनि ’कबड्डी ४’ ले नै उच्च शो हासिल गरेको छ।

फिल्मले अझै राम्रो व्यापार गरिरहेको वितरक शाहीले जानकारी दिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला