माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरमा विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । माउण्ट अन्नपूर्ण मा.वि. नदीपुर–३ ले विश्व वातावरण दिवसलाई सरसफाइ अभिमुखी कार्यक्रम र छरछिमेक सरसफाइ कार्यक्रमको आयोजना गरी मनाएको छ ।
माउण्ट अन्नपूर्ण मा.वि. ले हरेक वर्ष यस कार्यक्रमलाई प्राथमिकताका साथ मनाउने गर्दछ । यस वर्ष पनि विद्यार्थीहरुलाई समुहमा विभाजन गरेर विद्यालय वरिपरिका भिसी मार्ग, ज्ञान मार्ग, बाल मन्दिर मार्ग, कन्या मार्ग भैरवटोल, भिमसेन टोल हुदै नालामुख लगायत सडकमार्गहरुमा सरसफाइ गरिएको थियो ।


विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले प्राणीलाई बाच्नको लागि चाहिने हावा, पानी र खाद्यान्न पर्यावरण कै देन भएको र विश्वभरी हरेक वर्ष ५ मेको दिन यस दिवसलाई मनाएर मानिसलाई पर्यावरण बारे सचेतना गराउने प्रयास गरेको बताउदैं विषेश गरेर विद्यार्थीहरुमा यस कार्यक्रमको अनिवार्यता र उनिहरुमा पर्ने सकारात्मक प्रभावलाई नकार्न नसकिने बताउनुभयो ।
ग्रीन भ्याली रिसाइकलर्स ( Green Valley Recyclers) पोखराबाट पाल्नुभएका प्रकाश आचार्यले प्लास्टिक र प्लास्टिक जन्य सामाग्रीलाई पुनः प्रशोधन (रिसाइकलर्स) गरेर फोहोरलाई मोहरमा कसरी परिणत गर्न सकिन्छ भन्ने बारेको अभिमुखीकरण तालिम दिनुभएको थियो ।
त्यसै संस्थाका अर्का सदस्य गोबिन्द आचार्यले फोहोर जथाभावी फ्याक्नाले त्यसको कुप्रभाव बारे फिल्डमा विद्यार्थीसंगै हिडेर बुझाउदैं यसरी गर्ने गरिएको सचेतनामूलक कार्यक्रको प्रभाव विद्यार्थीमा निकै सकारात्मक रहेको अनुभव बताउनु भयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला