युआरएल पुरस्कार २०८० का लागि छनोट समिति

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १ कात्तिक । युआरएल पत्रकारिता पुरस्कार २०८० र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्ड २०८० प्रदानका लागि छनोट समिति गठन गरिएको छ ।
युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा चयनको संयोजन प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीक र युआरएल लाइफ टाइम एचिभमेन्ट अवार्डको प्रतिभा चयनको संयोजन वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नारायण ओझाले गर्नुहुनेछ ।

८ सदस्यीय समितिमा गुणस्तर विज्ञ सुशील थापा, समाजसेवी नरहरि बराल, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।

युआरएल पत्रकारिता पुरस्कारको राशि नगद २० हजार र सम्मानपत्र छ ।
पोखराको सभागृहचोकमा मुख्य कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले युआरएल फाउन्डेसनमार्फत् सञ्चालन गर्दै आएको यो पुरस्कार यसअघि ऋषिराम खतिवडा, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा, प्रदीप पौडेल, हरिप्रसाद बास्तोला र आरजू विष्ट ‘सल्यानी’ले पाइसकेका छन् ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड भने यसपालि पहिलो पटक प्रदान गर्न लागिएको हो । पुरस्कार र अवार्ड आगामी मंसिर २३ गते हुने युआरएलको वार्षिकोत्सव समारोहमा अर्पण गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला