कान्तिपुर फिल्म एकेडेमीको श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन पोखराबाट सुरु

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ ।
नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश गरिएको श्रृंखला स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो ।

रियाज नाटक्कारको निर्देशन र सागरराज आचार्यको कार्यकारी निर्माण रहने सिरिजको फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिनेछ । सिरिजलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैहुनुहुन्छ ।

सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानाले अभिनय गर्दैछन् ।

पुरीले विश्व बजारमा दर्शकको फिल्मको स्वाद र नेपालमा नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेला एकेडेमीले थालेको पहल सफल भएमा निर्माताका लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर हुने बताउनुभयो ।
एकेडेमीका सिइओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले कलाकार अर्पण थापाले यही सिरिजबाट ओटीटी डेब्यू गर्न लागेको बताउनुभयो ।

सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्मसँगै भारतको एक ठूलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको छ ।

केही समयअघि एकेडेमीले वीरगञ्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रिलर भनिएको ‘मिस स्कार्लेट’को अहिले पोस्ट(प्रोडक्सन भइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला