‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट अभिनेत्री भुवन चन्द सम्मानित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, २९ फागुन । चलचित्र विकास बोर्डमा आज सोमबार आयोजित समारोहमा वरिष्ठ अभिनेत्री भुवन चन्द ‘सोसल मिडिया कलाकर्मी सम्मान २०७९’बाट सम्मानित हुनुभएको छ ।
उहाँलाई बोर्ड अध्यक्ष भुवन केसी , वरिष्ठ निर्देशक यादव खरेल लगायतले सम्मान प्रदान गर्नुभएको हो ।

कला निर्देशक निर्जल श्रेष्ठलाई कला सम्मान र पत्रकार पारसमणि पौडेल पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको हो ।
पत्रकारलाई पौडेललाई नगद १५ पाँच सय ५५ बाट सम्मानित गरिएको हो ।
ड्रिमवल्र्ड अफ फिल्म मेकर्सले आयोजना गरेको अवार्डमा ‘बेलुन’ सर्वोत्कृष्ट छोटो फिल्म घोषित भएको छ । यो फिल्मले सशस्त्र द्वन्द्वकालको कथावस्तु पेस गर्छ ।

उत्कृष्ट युट्युब भिडियो भ्लग, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ विधामा अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रम निर्देशक शवनम मुखियाले समाज परिवर्तनमा योगदान दिने विषयवस्तु समेटिएका छोटा फिल्म र वृत्तचित्रलाई प्राथमिकता दिइएको बताउनुभयो ।
उहाँले पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघुचलचित्र ‘लोरी’ले पाएको इतिहास रहेकाले लघु चलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
फोटोग्राफर राजभाइ सुवाल, फिल्म निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौत निर्णायकको रुपमा हुनुहुन्थ्यो ।

पुरस्कृत हुनेहरुको सूची
उत्कृष्ट छोटो फिल्म – बादलको गीत

उत्कृष्ट निर्देशक – अंकित पौडेल (बादलको गीत)

उत्कृष्ट ध्वनि डिजाइन – किशोर आचार्य (बादलको गीत)

उत्कृष्ट सम्पादक – दीपेन्द्र मल्ल, आशिष भण्डारी (पेन्सिल)

उत्कृष्ट स्क्रिनप्ले – बालोन (जोन योन्जोन)

उत्कृष्ट सिनेम्याटोग्राफर – राजेन्द्र पाल (भविहिन)

उत्कृष्ट अभिनेता –हिमाल खड्का (पेन्सिल)

उत्कृष्ट चलचित्र बाल विषयवस्तु – पेन्सिल

उत्कृष्ट अभिनेत्री – काव्य आचार्य (रत्नपार्क)

उत्कृष्ट स्वदेशी फिल्म – के (सागर केरुङ)

उत्कृष्ट दस्तावेज – लाडी पूजा (बिन्दुकुमारी माझी)

बेस्ट युट्युब भिडियो – कोरोना हर्णेदेवी (अशोक बस्नेत)

उत्कृष्ट एनिमेटेड भिडियो – स्याल र सिंहको कथा (विशाल लोहनी)

उत्कृष्ट देशभक्ति संगीत भिडियो – एक्स ब्यान्ड, माटोपानी (शिव मुखिया)

सर्वश्रेष्ठ सामाजिक भिडियो – राहराई भो (उत्सव केसी)

प्रोत्साहन पुरस्कार – छोरी (सुरेन्द्र थापा)

उत्कृष्ट चलचित्र निर्माता महिला – गंगा (मेरोनराज भण्डारी)

उत्तम सन्देश – कलुवा (अम्बिका भण्डारी)

क्रिएटिभ फिल्म अफ द इयर – बेलुन (जोन योञ्जन)

जुरी पुरस्कार – नफुलेको फूल

जुरी अवार्ड (स्वदेशी फिल्म) – मोहिनी नखा

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला