तेस्रो नेपाली आर्ट,कल्चर एण्ड म्युजिक अवार्ड हुने

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, फागुन १७ । ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२३’ वैशाखमा हुने भएको छ ।
जसमा२०७८/७९ मा सार्वजनिक भएका गीत/संगीतले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएको छ ।
गीत सङ्गीत दर्ता गर्न शुल्क नलाग्ने र सबै प्रकारका गीत दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले जानकारी दिनुभयो ।

नेपाली साङ्गीतिक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली साङ्गीतिक क्षेत्रलाई चलायमान बनाउन र साङ्गीतिक क्षेत्र वृद्धिको लागि कला, संस्कृति र साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले सङ्गीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड’ गरिदैं आएको हो ।

म्युजिक अवार्ड आवेदनको लागि निःशुल्क दर्ता फारम खुलिसकेको जानकारी छ । जसको लागि २०७८/७९ का गीत सङ्गीतहरूलाई समावेश गरिने भएको छ भने नव प्रतिभाको हकमा २०७८ भित्र गीत निकालेको हुनुपर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ ।
सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन वैरागी पण्डित हुनुहुन्छ ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप÷आधुनिक गायक÷गायिका, विभिन्न भाषाका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

यस्तै, अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सूर्य चन्दले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला