विहीबार बसेको गण्डकी प्रदेश सभाको बैठकद्धारा दुई वटा अध्यादेश पारित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।

गण्डकी प्रदेश सभाको विहीबार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मत पारित गरेको हो ।

गएको पौष १८ गते बसेको गण्डकी प्रदेश सभाको पहिलो बैठकले प्रदेश सभाका पूर्व मामिला तथा कानुन मन्त्री विन्दु कुमार थापाले अध्यादेश टेबल गर्नुभएको थियो ।

त्यस्तै पूर्व मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ल्याएको अध्यादेश माथी छलफल समेत नगरि पास गरिएको हो ।
गण्डकी प्रदेशका हालका कानुन मन्त्री रोशन गाहा मगरले अध्यादेश पारित गर्ने प्रस्ताव टेबल गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला