फिल्म हलमा विश्वकप प्रदर्शन गर्न बोर्डको रोक

नगेन न्यूज
  • ख-
  • ख+

२३ मंसिर,काठमाण्डौं ।

चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो ।
सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको समाचार सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका छन् ।

‘‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिंदै पत्रको बोधार्थ सबै जिल्ला प्रशासन कार्यालय र नेपाल चलचित्र संघलाई समेत दिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला