चलचित्र निर्माता संघको कार्यसमिति सदस्यमा दीपकराज गिरी र रविन्द्र सिंह बानियाँ मनोनित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
नेपाल चलचित्र निर्माता संघले निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रविन्द्रसिंह बानियाँलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनित गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले जानकारी दिए ।
यसैगरी बैठकले संघका उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय समेत गरेको छ ।

संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित अर्का निर्माता मधुकुमार श्रेष्ठलाई बधाई ज्ञापन गर्ने भएको छ ।
बैठकले आगामी पुस दोस्रो साता ‘चलचित्र विकास र विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।

चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरुको छाता संस्था हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला