‘विदेश जाने मायालु’को रिमेक सहित भिडियो बजारमा ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
‘विदेश जाने मायालु’ गीतले चर्चा कमाएको झण्डै चार दशकपछि म्युजिक भिडियो तयार पारेर सार्वजनिक गरिएको छ । दीपक थापाले आफ्नै स्वरमा रिरेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ रिमेक सहित बजारमा आएको छ ।

गायक, कम्पोजर, एरेञ्जर, गिटारिस्ट दीपक थापाको स्वरमा कुनै समय स्रोताको मनमनमा बस्न सफल गीतलाई पोखरामा भिडियो सहित गायक थापाको उपस्थितिमा बिमोचन गरियो । थापाले आफ्नै स्वरमा रेकर्ड गराएर गीतलाई नयाँ पुस्तामाझ पस्किएका हुन्।
कुनै बेला नेपाली संगीत पारखीको रोजाइमा पर्न सफल गीतलाई झण्डै चार दशकको अन्तरलाल पछि निर्देशक रोहन नेपालीले गीतको भिडियो तयार पारेका हुन्।
भिडियोका निर्देशक रोहन नेपालीले लिजेण्ड गीतलाई आफ्नो निर्देशनमा तयार पार्न पाउदा खुशी लागेको बताउदैं गीतको बोल अनुसार नै आफुले भिडियो बनाएको बताए ।
भिडियोको बिमोचन कार्यक्रममा गायक थापाले पुरानो पुस्ताको स्रोतामाझ परिचित गीतलाई फेरि नयाँ पुस्तासँग परिचित हुने आशमा भिडियो ल्याएको बताउदै ‘विदेश जाने मायालु’ आफ्नै कथा भएको र सबैको मायाको आशा सहित भिडियो आएकोले गीत अमर लाग्ने, मिठो लाग्ने बताए ।

म्युजिक भिडियोलाई पछिल्लो समयको चल्तीका निर्देशक रोहन नेपालीले पोखरामै तयार पारेका हुन्। भिडियोमा गायक थापासँगै भगवती मल्ल, विशाल सारुमगर, सपना क्षेत्री, एरिशा गुरुङ र अनमोल रानाको अभिनय रहेको छ ।
पोखरा आसपासको सुन्दर ठाउमा छायांकन गरिएको भिडियोलाई मिलन शंकरले कलात्मक रुपमा खिचेका छन्। ‘विदेश जाने मायालु’लाई भिडियोमा पनि तीन पुस्ताको प्रेमकहानीलाई देखाइएको छ ।

पत्रकार जमुना वर्षा शर्माले पछिल्लो समय पोखराको सांगीतिक क्षेत्र चलायमान हुदै गएको र ‘विदेश जाने मायालु’ले थप टेवा पुग्ने बताउदैं गीतको भिडियोले सबैको कथा बोलेको पनि बताईन ।

बिमोचन कार्यक्रममा गायक बिनोद बानियाले पोखराले पनि राम्रो काम गर्न सक्छ भन्ने कुरालाई ‘विदेश जाने मायालु’ बोलको गीतको भिडियो हेरेपछि धरैलाई थाहा हुने बताउदै गायक बानियाले यस्ता खालका भिडियोले सांगीतिक क्षेत्रलाई पनि सकारात्मक फाइदा पुग्ने बताए ।

थापाले सिर्जना गरेको पहिलो रेकर्ड भएको गीत ‘ऊ मेरो प्रियतम’ हो । त्यसपछि ‘त्यसैले मायालु भनेर बोलाऊ कि’, ‘जलमा थलमा’, ‘आँखामा तिम्रो सम्झना छ’, लगायतका तीन दर्जन बढी उनको गीत बजारमा आएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला