‘प्रेमगीत ३’ को नेपाल र भारतमा प्रचार अभियान तिव्र (भिडीयो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौ ।
हिन्दीमा डब भएको र राम्रै चर्चामा रहेको फिल्म ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँदैछ । यही मितिमा भारतका हलमा पनि फिल्मको हिन्दी डब रिलिज हुँदैछ । फिल्मको नेपाली र हिन्दी भर्सनमा टिजर, ट्रेलर र गीतहरु रिलिज भइसकेको र चर्चाको शिखरमा पनि रहेको छ ।
प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले नेपाल र भारतमा प्रचार अभियानलाई तिव्रता दिएको छ । फिल्मको प्रचार गर्न दुवै देशमा दुई समुह खटेको छ ।
भारतमा ‘ग्राउन्ड लेभल’बाट प्रचार गर्नुपर्ने भएकाले अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता तथा निर्देशक सन्तोष सेन खटिएका छन् ।
नेपालमा प्रचारलाई तीव्र बनाउन फिल्मका कलाकारहरु शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी, गायक प्रताप दासलगायतलाई जिम्मा दिइएको छ ।
बिहीवारबाट नेपालमा फिल्मको ‘प्रमोसनल टूर’ थालिएको छ ।
जसअन्तर्गत ७ वटै प्रदेशमा पुगेर फिल्मका कलाकारहरुले पत्रकार सम्मेलन गर्नेछन् ।
भदौको अन्तिमबाट प्रदीप, क्रिस्टिना र सन्तोषले पनि फिल्मको नेपाल प्रचार अभियानमा सहभागी हुनेछन् ।
यसै हप्तादेखि उहाँहरुले भारतको सिक्किम र आसाम क्षेत्रमा प्रचार गर्नुभएको छ । शुक्रवार (भोली) कोलकातामा फिल्मको भव्य प्रमोसनल कन्सर्ट हुनेभएको छ ।

निर्माता सेनले ‘प्रेमगीत’ को नेपालमा जसरी प्रचार भएको थियो त्यसरी नै अहिले भारतमा ग्राउन्ड लेभलबाट प्रचार गर्ने बताउदै भारतमा ‘प्रेमगीत ३’ले राम्रो ग¥यो भने नेपाली फिल्मका लागि ठूलो ढोका खुल्ने बताउनुभयो । त्यसैले अहिले भारत प्रचारलाई बढी प्राथमिकता दिएको जानकारी दिदै नेपालमा समग्र फिल्मकर्र्मी र दर्शकहरुले साथ सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।
स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको फिल्म भारतका १५ सय बढी हलमा प्रदर्शन हुन लागेको छ ।
ढुंगे युगको कथामा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधान फिल्मका छायाँकर हुन् ।
फिल्ममा अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, मनिष राउत, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री लगायतको अभिनय रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला