लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, ४ भाद्र । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार जग बहादुर गुरुङको अध्यक्षतामा भएको. कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले अभिभावकहरुको लगानीलाई सार्थक बनाउन र असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने वताउदैं मेहनतका साथ अगाडि वढ्न विद्यार्थीहरुलाई प्रेरीत गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. २७ की वडा सदस्य बुद्धिमाया थापामगरले समाजको आवश्यकतालाई बुझेर लिटल फ्लावरले कक्षा ११ को पढाइ सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
नेशनल प्याब्सन कास्की का अध्यक्ष हेमन्त अधिकारीले नेशनल प्याब्सनका हरेक गतिबिधिमा रहेको लिटल फ्लावरको सक्रियताको प्रशंसा गर्दै नवआगन्तुक विद्यार्थीहरुले भविष्यमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले अब रिठेपानीका विद्यार्थीले घर छेउमै ११ र १२ को शिक्षा लिने अवसरलाई गुमाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
युनिप्स नेपालका शान्त बहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव रामप्रसाद पोख्रेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछाने, विद्यालयका संस्थापक निर्देशक कमल खड्का, राईजिङ स्टार युवा क्लवका अध्यक्ष विष्णु प्रसाद गुरुङ, पुर्वअध्यक्ष यम प्रसाद गुरुङ, रिठेपानी सहकारीका अध्यक्ष ईन्द्र बहादुर गुरुङ, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी लगायतले नवआगन्तुक विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए ।
विद्यालयका प्रिन्सिपल विकल पौडेलले हालका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरेका थिए । शिक्षक राम प्रसाद अधिकारीले स्वागत तथा संस्थापक देवी खड्का प्रधानले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा कक्षा ११ की नवआगन्तुक विद्यार्थी वर्षा तामाङले अभिभावक र विद्यार्थीको चाहनालाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विविध सांस्कृतिक प्रस्तुती समेत रहेको उक्त कार्यक्रमको सञ्चालन पूर्व प्रिन्सिपल एवं कक्षा ११ का संयोजक विष्णुहरि पौडेलले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला