१० भदौदेखि पुरानो टुडिखेलमा हुने तीजमेलाको अन्नपुर्ण केबलकार भयो उप प्रायोजक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, २ भदौ ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हने तीजमेलाको लागि अन्नपुर्ण केबलकार उप प्रायोजक भएको छ ।
इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एण्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला आउदो १० देखि १६ भदौसम्म चल्नेछ् ।
बिहिबार पोखरा १८ सेदी स्थित केबलकारको कार्यालयमा आयोजित एक कार्यक्रममा आयोजक केन्द्रका तर्फबाट अध्यक्ष भानुभक्त अधिकारी र तीजमेलाका आर्थिक संकलन उपसमितिका संयोजक बालकृष्ण कोईराल एंव केबलकारका तर्फबाट संचालक एंव निर्देशक तीर्थराज त्रिपाठीले हस्ताक्षर गर्नुभएको थियो ।
हस्ताक्षर पछि निर्देशक त्रिपाठीले केबलकारले आफनो सेवा सुरु सगै विभिन्न सामाजीक कामहरु सगै संघ संस्थालाई सहयोग गदै आएको बताउदैं आफुहरुले सकेको सहयोग अन्य कामका समेत गदै जाने त्रिपाठीले बताउनुभयो । त्रिपाठीले कुनै काम सफल हुनमा एकले अर्कालाई सहयोग गर्नु पर्ने भन्दै नेपाली महिलाहरुको महान पर्व तीजका अवसरका आयोजना हुने मेलामा जोडिन पाउदा खुशी लागेकोे बताउनुभयो ।
केन्द्रका अध्यक्ष अधिकारीले आफुहरु आयोजक मात्र भएको भन्दै केबलकार जस्तै दाताहरुको साथ र सहयोगले मेला सम्पन्न हुने बताउनुभयो । नेपाली कला संस्कृतीको संरक्षण सगै पोखरा १ स्थित गाईघाट क्षेत्रमा केन्द्रले निमार्ण गदै गरेको कृयापुत्री भबन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उदेश्य समेत मेलाको रहेको छ ।
प्रबेश नि शुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, गण्डकी प्रदेश स्तरिय छेलो लगायतका प्रतियोगिताहरु हुने छ । मेलामा दैनिक उपभोग्य सामान, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न स्टलहरु सगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सगै वाल उद्यान समेत रहनेछ ।
नेपाली मौलिक कला र सस्कृतीलाई जगेर्ना गदै करिव दुई दशक अघिदेखि तिजगित प्रतियोगिता गर्दै आएको केन्द्रले तीन वर्षअघि ०७६ सालमा पहिलो पटक तिजमेला आयोजना गरेको थियो । केरोनाका कारण गएको दुईवर्ष हुन नसकेकोको मेलालाई यसवर्षदेखी निरन्तरता दिन लागेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला