पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा दही जात्र हुने

सुबी गुरुङ
  • ख-
  • ख+

पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा दही जात्र हुने भएको छ । आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा हुन लागेको संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताए ।

दही जात्रा विभिन्न सांस्कृतिक झाँकी, बाजागाजासहित गर्न लागिएको समितिका सचिव एवं जात्रा संयोजक ठाकुरप्रसाद त्रिपाठीले बताए । परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विगत छ वर्षयता गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा जात्रा गरिँदै आइएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको थियो  समितिले भजन चुट्का तथा विभिन्न झाँकीसहित कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । सहभागी उत्कृष्ट समूहलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला