जि. स . स. कास्कीले मनायो स्थापना दिवस

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ,साउन २० ।
जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस शुक्रबार बिषेश कार्यक्रमको आयोजना गरि मनाएको छ ।सो अबसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो ।
जस अन्तर्गत पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रममा रु पच्चीस हजार बराबरको चामल , तरकारी ,फलफूल लगाएतका खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरु अनुभब तथा सबै हिसाबले परिपक्क हुने हुनाले उनीहरुका ज्ञान र अनुभव पछिल्लो पुस्तालाई उच्चतम उपयोगी हुने बताउनदै शारीरिक रुपमा अशक्त आफन्त बिहिन जेष्ठ नागरिकहरुको हेरचाह तथा स्याहार सुसारमा उपयुक्त नीति नै निर्माण गर्नुपर्ने र निर्माण भएका एन कानुनको कडाइका साथ लागु गर्न राज्यका निकायहरुलाई आग्रह गर्नुभयो । उहाँले असक्त बाल बालिका र नागरिकहरुका हितका लागि आफ्नो ठाउबाट सक्दो पहल कदमी लिने प्रतिबद्दता ब्यक्त गर्नुभयोे ।
कार्यक्रममा जि. स. स . कास्कीका उप –प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , पोखरा महानगरपालिका वडा न २७ का सदस्य द्वय दिपेन्द्र बहादुर खत्री र सुर्य वाग्ले ,श्रीकृष्ण प्रणामी बाल तथा वृद्धाश्रमका संरक्षक कल्याण कुमार कार्की ,सोहि आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतम , सचिब तिलकशालि अधिकारी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । देशमा संघियताको कार्यान्बयन संगै २०७४ सालको स्थानीय तहको निर्बाचनबाट निर्बाचित तत्कालिन जी.स.स. पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाउने आइएको जि. स. स. कास्कीले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला