
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ का लागि तोकिएको प्रदेश तथा संघीय निर्वाचनको स्वागत गरेको छ । सो पार्टीका तर्फबाट प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा निर्वाचन निष्पक्ष हुने कुरामा पार्टी आशावादी रहेको उल्लेख गरिएको छ । यस्तै निर्वाचन आयोगले पनि घोषित निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेल्नेमा आफूहरु विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।