प्रसिद्ध ‘मोटिभेस्नल’ वक्ता जैन काठमाण्डौंमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं ।

भारतीय प्रशिद्ध ‘मोटिभेस्नल’ वक्ता हर्षवर्धन जैन नेपाल आइपुग्नुभएको छ । रियल इभेन्ट म्यानेजमेन्टको आयोजना, कलेजएक्स र जिनियस विजलाईफको सह–आयोजनामा यही शुक्रबार कमलादीस्थित नेपाल पज्ञा प्रतिस्ठानमा हुन लागेको ‘द हर्ष वेभ शो’ मा प्रशिक्षण दिनका लागि उहाँ बुधबार नेपाल आउनुभएको छ ।
शुक्रबार हुने उक्त प्रशिक्षणलाई नेपालकै सबैभन्दा ठुलो प्रगती केन्द्रित प्रशिक्षण कार्यक्रम भएको आयोजकले दावी गरेको छ । बिहान १० बजेबाट शुरु हुने उक्त कार्यक्रम उद्योगी, व्यवसायी, विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक बलिराम यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले विशेष गरि कर्पोरेट हाउस, उद्यमी, व्यवासायी, कलेज लेभलका विद्यार्थी, फ्रीलान्सर लगायतलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गरेका हौं ।’
करिव ४ घण्टासम्म चल्ने कार्यक्रममा जैनले सहभागीहरुमा सकरात्मक परिवर्तन ल्याउने खालका विषयमा प्रस्तुती राख्ने उहाँले बताउनुभयो । उहाँले, ‘ मोटिभेस्नल वक्ता हर्षवर्धन जैनज्यूको ४ घण्टाको कार्यक्रम मार्फत तपाईभित्रको शक्तिलाई आफूभित्रको सिमितता तोड्दै जीवनलाई सकरात्मक दिशातर्फ लैजान मद्दत पुग्ने हामीले विश्वास लिएका छौं ।’ भन्नुभयो ।
भारतमा प्रशिद्ध प्रशिक्षक, मोटिभेस्नल स्पिकर, भविष्यवादी विचार वक्ताका रुपमा आफ्नो छवि बनाएका जैन पहिलो पटक उक्त कार्यक्रमको लागि नेपाल आउनुभएको हो । उहाँले मानव आस्था, व्यवसायिक मुद्दाका विषयमा प्रशिक्षण दिने गर्नुभएको छ । उहाँको प्रशिक्षणबाट उद्यमी, व्यवसायी, विद्यार्थी तथा आम सर्वसाधरणलाई व्यवसायिक तथा पारिवारीक जीवनमा महत्वपूर्ण सफलता प्राप्त हुने विश्वास राख्दै आयोजकले कार्यक्रममा सहभागीता लागि अनुरोध गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला