
काठमाडौं ।
गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
तीजको लागी नयाँ गीत सार्वजनिक गरिएको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतमा भावनाको स्वरसँगै शब्द र संगीत पनि रहेको छ । गीतमा कोरस स्वर चेतना बिकको रहेको छ ।
गीतको भिडियोमा भावनासँगै मनिता कुलालको नृत्यलाई अशोक धिताल र दिलिप ओखेडाले साथ दिएका छन् ।
गीतकी गायिका तथा निर्मात्री भावनाले यसबर्षको तीज पर्वलाई लक्षित गरी गीत सार्वजनिक गरेको बताउदै दिदीबहिनीलाई नाच्न मिल्ने गीत रहेको पनि जानकारी गराउनुभयो ।
भिडियो गम्भीर विष्टको निर्देशन तथा मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा कविता तोलंगीको मेकअप रहेको छ ।
नविन निरौलाले सम्पादन गरेको भिडियो गायिका स्वयंकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
यसअघि भावनाको बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो, लगायतका गीतहरुले राम्रो चर्चा बटुलेका थिए ।