‘त्यो सेरोफेरो माइती घर मेरो’ तीज गीत सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

साउन ९ पोखरा ।

नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुने क्रम शुरु भएको छ ।
सोही क्रममा लोकप्रिय कलाकार बसन्त थापा र जीवन सिग्देलको शब्दमा मौलिक तीज गीत ‘त्यो सेरोफेरो माइती घर मेरो’ सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको गीतमा निशा केसी, बिन्दु पौडेल, आवृत्ति भुसाल र बिजय केसीले स्वर भरेका छन् । गीतमा बसन्त थापाको संगित, बिनोद बाजुरालीको संगित संयोजनमा रहेको गीतलाई बसन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा करिस्मा ढकाल, अस्मिता रनपाल, बिना विश्वकर्मा, लोमस शर्मा लगायतको अभिनय देख्न सकिन्छ । दिलिप हमालले निर्माण गरेको म्यूजिक भिडियोलाई दीपक एम सिंहले कोरियोग्राफी र कुमार केसीले निर्देशन गरेका छन् ।

वर्ष दिनमा आउने तीजमा विवाह गरेर गएकी चेलीलाई माइती लिन जाने परम्परालाई समेटेर तयार पारिएको छ । सोही भावलाई चेलीले माइती घरबाट लिन आउछन् कि आउँदैनन् भन्ने विषयवस्तुमा दिदी,बहिनी र भाइको वार्तालापलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
पछिल्लो समय तीजगीत आधुनिक परिवेशमा हराउँदै गएको अवस्थामा आफुहरूले ‘त्यो सेरोफेरो माइती घर मेरो’ मा दर्शक÷श्रोतालाई मौलिकता भित्रपनि फरकपन दिने प्रयास गरेको उनीहरुको दावी छ ।
अष्ट्रेलियालाई कर्म थलो बनाएका गीतका गायक÷गायिकाले सार्वजनिक गीतबाट दर्शक÷श्रोताहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला