पोखरा महानगरपालिको लेखा समितिको पहिलो बैठक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, साउन ४ ।
पोखरा महानगरपालिका लेखा समितिको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ ।
बैठकमा बोल्दै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरका आर्थिक गतिविधिलाई व्यवस्थित बनाउदै सुधारका लागि समितिले काम गर्नुुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरबाट हुने विकास निर्माण, भुक्तानिका विषयमा समितिले अध्ययन गर्ने र कमीकमजोरीलाई औल्याउदै सच्याउने काममा समिति लाग्ने विश्वास ब्यक्त गदै महालेखाको हालै सार्वजनीक प्रतिवेदनमा उठेका विषयमा अध्ययन गरेर सत्यतथ्य ल्याउन आग्रह गर्नुभयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले लेखा समितिले विकास निर्माण, आर्थिक लगायत महानगरका गतिविधिमा सुक्षम अध्ययन गरेर अनियमितता रोक्न पहल गर्नसक्ने बताउनुभयो । समितिले सार्वजनीक रुपमा उठेका विषयमा समेत सम्वन्धि ब्यक्तिहरुलाई बैठकमा बोलाएर जानकारी दिनसक्ने र गल्ती सुधारका लागि प्रयास गर्नसक्ने भएकाले यसको महत्वपूर्ण जिम्मेवारी रहने बताउनुभयो ।

पोखरा महानगरको गत असार २६ गते बसेको एघारौं नगरसभाले नगरसदस्य झपट रानाभाटको संयोजकत्वमा समिति गठन गरेको थियो ।
रानाभाट संयोजक चयन भएपछि पहिलो बैठक बसेको हो । पहिलो बैठक भएकाले उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सदस्यहरुवीच परिचयात्मक मात्रै गरिएको समितिका सदस्यसचिव रोमनाथ उपाध्यायले जानकारी दिनुभयो। लेखा समिति सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्य हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला