मुक्तिनाथ विकास बैंकलाई “कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्ड”

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।
कर्पोरेट म्यागजिन द्धारा आयोजित “कर्पोरेट बिजनेस एक्सीलेन्सी अवार्ड २०२२” बाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ ।

काठमाडौंमा आज आयोजना भएको कार्यक्रममा मुक्तिनाथ विकास बैंक उत्कृष्ट विकास बैंकको वर्गमा पुरस्कृत भएको छ ।
उक्त अवार्ड प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्दै सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला