यी हुन् १९औं एसियन गेम्समा नेपालले भाग लिने २३ खेल

नगेन न्यूज
  • ख-
  • ख+

नेपालले चीनमा आयोजना हुने आसन्न १९औं एसियन गेम्समा २३ खेलमा सहभागिता जनाउने भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले भदौ २५ देखि असोज ९ गतेसम्म हुने एसियन गेर्म्सका लागि खेल संख्या निर्धारण गरेको हो । शुक्रबारै राखेपले पत्रकार सम्मेलन गर्दै २३ खेलको नाम सार्वजनिक गरेको हो ।

 

एसियाली खेलकुदमा समावेश गरिने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला र टेबल टेनिस छन् ।

यस्तै महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टन पनि समावेश गरिने भएको छ । सेन्ट्रल जोन जितेको आधारमा महिला भलिबलला२ समावेश गर्न लागिएको राखेपले जनाएको छ । यस्तै ओलम्पिक नतिजाको आधारमा सुटिङ, विश्व वरीयताको आधारमा ब्याडमिन्टन र टी-२० विश्वकप खेलेको आधारमा क्रिकेट समावेश गर्न लागिएको हो ।

 

नेपालले ८ वर्षपछि एसियन गेम्समा क्रिकेटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

१३औं दक्षिण एसियाली खेलकूदको फाइनल स्पर्धामा पुगेका खेल, पछिल्लो समय अन्तर्राष्टिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका भलिवल महिला, क्रिकेट पुरुष, शुटिङ र व्याडमिन्टन लाइ त्यही आधारमा समावेश गरिएको हो ।

एसियाली खेलकूदका लागि १० दिनभित्र खेलाडी छनोट गर्न राखेपले निर्देशन समेत दिएको छ ।

एसियन गेम्समा नेपालबाट १५० खेलाडी समावेश हुने राखेपको अनुमान छ । यस्तै प्रशिक्षक २८ र व्यवस्थापक २० जना रहने अनुमान गरिएको छ ।

नेपालले १७औं एसियन गेम्समा २५ र १८औं एसियन गेम्समा २९ खेलमा सहभागिता जनाएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला