प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

 

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट नेपाल प्रेस युनियनको अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवारी घोषणा गरेकी छन् ।
नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्व उपाध्यक्ष विन्दुले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै प्रेस स्वतन्त्रता ,पत्रकारको पेशागत सुरक्षाका साथै पत्रकारको ट्रेड युनियन अधिकार स्थापनाका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिईन ।
स्याङ्जाकी स्थायी बासिन्दा बिन्दु दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत छन् ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेकी बिन्दुले प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशागत सुरक्षाका लागि निरन्तर वकालत गर्दै आएको जानकारी दिदैं आगामी दिनमा पनि पत्रकारको हकहितमा नै आवाज उठाउने बताईन् ।

नेपाल प्रेस युनियनको आगामी साउन ६ र ७ गते हेटौडामा हुन गईरहेको नवौं राष्ट्रिय महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । नेपाल प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला