पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा सुनचांदी ब्यवशायी संघको अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका छन । पोखरा सुनचांदी ब्यवशायी संघको २३ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा पुष्पमान बुद्धाचार्य निर्वाचित भएका हुन । संघको उपाध्यक्षमा मंगलराज शाक्य, सचिवमा प्रविण बुद्वाचार्य, कोषाध्यक्षमा राकेशमान बुद्वाचार्य र सह सचिवमा रविन्द्र बज्रचार्य चयन भएका छन । त्यसैगरी सदस्यहरुमा इश्व मान बुद्वाचार्य, महेश रत्न शाक्य, दिनेशमान बुद्वाचार्य र निकिन बज्रचार्य चयन भएका छन ।
अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष राजेशमान बुद्धाचार्यले सुनचांदी ब्यवशायीहरुले आफ्नो ब्यवशायलाई मर्यादित बनाएर ग्राहकहरुलाई सन्तुष्टि बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा महेन्द्रमान गुभाजु, विनोदरत्न शाक्य , नितिन बज्रचार्य, उत्तममान बुद्वाचार्य लगायतले सुनचादी व्यवशायीको हक हितको वारेमा आ आफ्नो धारणाा राखेका थिए ।
दुर्गामान बुद्धाचार्यको संयोजकत्वमा गठित निर्वाचन मंडलमा टेकनारायण शाक्य र शोभितमान बुद्धाचार्य सदस्यहरु रहेका थिए । पोखरा सुनचांदी ब्यवशायी संघमा ४४ जना सदस्यहरु रहेका छनभने हाल डाक्टर संजीवमान बुद्धाचार्यले नया सदस्यता लिएको संघले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला