राज कटुवाल ‘प्रसाद २’मा जोडिए

सुबी गुरुङ
  • ख-
  • ख+

अभिनेता तथा चलचित्र विकास बोर्ड सदस्य राज कटुवाल ‘प्रसाद २’मा अनुबन्धित भएका छन् । राजले आफू फिल्म भित्र महत्वपूर्ण भूमिकामा लागि अनुबन्धित भएको जनाएका छन् ।

‘मैले गर्न लागेको भूमिका एकदमै रोचक छ । फिल्मलाई लिएर उत्साहित छु,’राजले फिल्म गर्न लागेको पुष्टि गर्दै इकागजसँग भने । सुदर्शन थापाले निर्देशन गर्ने फिल्मका लागि यसअघि नै विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा अनुबन्धित भइसकेको निर्माण टिमले जनाएको छ । पूर्व सम्झौता गरेका निश्चल बस्नेतले अन्तिम समयमा आएर फिल्म नगर्ने भएपछि निर्माण टिमले अर्पण थापालाई अनुबन्ध गरेको थियो ।

‘प्रसाद’को सिक्वेलको रुपमा बन्न लागेको फिल्मलाई सुशील पौडेलले लेखेका हुन् । फिल्मको सुटिङ यही हप्ताबाट पोखरामा सुरु गर्ने निर्माण टिमको तयारी छ । फिल्मको सुटिङ कास्कीको हेम्जाकोटमा हुनेछ ।

राजले यसअघि ‘लीला’ र ‘लाल्टिन’ आदि फिल्ममा काम गरेका छन् । राजले योबाहेक सुदर्शन थापालाई नै लिएर ‘राजा’ नाममा फिल्म बनाउने घोषणा गरेका छन् । राजले हाल यो फिल्मको लेखनको काम भइरहेको बताएका छन् । उनले दसैँ पछाडि सुटिङ गर्ने गरी तयारी भइरहेको बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला