गोल्डेन नेचर बोर्डिङ स्कुलमा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा  ।

पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटन अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलको शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका बीच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरूमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सोफिया लामिछानेले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने सोनिया गर्वुजाले द्वितीय स्थान, सम्झौता भण्डारीले तृतीय स्थान र अञ्जला खाँड ठकुरी र दिया थापा मगरले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षकहरू सोमनाथ कडेल र सुरेश लामिछानेले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला