भोलि बेलुकासम्म नयाँ मन्त्री आउने : राजेन्द्र पाण्डे

सुबी गुरुङ
  • ख-
  • ख+

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले अहिलेका मन्त्री फिर्ता हुने र नयाँ टिम आउने बताए। “भोलि बेलुकासम्म यी साथीहरू घर जान्छन्, अर्को लट आउँछ,” पाण्डेले भने।

अहिले कार्यरत मन्त्रीलाई ६ महीनाका लागि भनेर पठाएको उनको भनाइ थियो। “हामीले पहिले नै ६ महीनाका लागि सरकारमा जानुस्, त्यसपछि अर्को टिम पठाउँछौं भनेका थियौं,” उनले भने, “त्यहि सहमतिअनुसार नयाँ टिम पठाउन लागेका छौं।”

सरकारबाट फिर्ता बोलाउने निर्णयको एकीकृत समाजवादीका मन्त्री सहित १० सांसदले विरोध जनाएका छन्। उनीहरूले अध्यक्ष माधवकुमार नेपाललाई पत्र पठाएर असहमति जनाएका छन्।

यस विषयमा सोधिएको प्रश्नमा जवाफमा बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले भने, “मन्त्री भनेको चार्मफुल पद हो। गाडी हुन्छ, झण्डा हुन्छ, सलाम ठोक्ने मान्छे हुन्छ साथमा, सुरक्षा हुन्छ। यो सबैबाट तल ओर्लिन मान्छेलाई गाह्रै हुन्छ।”

उनीहरूले फिर्ता हुन नमाने के गर्नुहुन्छ भन्ने प्रश्नमा पाण्डेले त्यो ठूलो समस्या नभएको बताए। “पार्टीका साथीहरू बसेर निर्णय गर्दा पत्र लेख्ने मै हुँ। जसरी पार्टीको पत्रले उनीहरू मन्त्री  भए, त्यसरी नै अरू साथीहरू मन्त्री हुनुहुन्छ।”

यसअघि बजेटका कारण मन्त्री हेरफेर रोकिएको उनको भनाइ थियो। अब बजेटमाथिको छलफल सकिएको र मन्त्रीहरूले पनि जवाफ दिइसकेकाले नयाँ मन्त्री नियुक्त हुने पाण्डेले बताए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला