स्टेप बाई स्टेप मा. बि. मा सर्कलहरु पुनर्गठन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । स्टेप बाई स्टेप मा. बि. मासबार, पोखरामा क्रियाशील युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कलको पुनर्गठन गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी तीनै सर्कलको पुनर्गठन गरिएको छ ।
पुनर्गठित युवा रेडक्रस सर्कलको अध्यक्षमा अपराजिता बराल, उपाध्यक्ष विपिन राउत, सचिव रासिका श्रेष्ठ, सहसचिव अनुप गिरी, कोषाध्यक्ष युगल अधिकारी र सहकोषाध्यक्ष समनबाबु पौडेल चयन भएका छन् ।
सदस्यहरुमा चाहत गुरुङ, राजन थापा, उत्सव शर्मा, एलिना रसाइली, सुशान्त अधिकारी, सुप्रिम थापा र लोचना बराल चयन भएका छन् । शिक्षक नायक लक्ष्मण प्रसाद भण्डारी रहेका छन् ।
स्नेहा रिजालको अध्यक्षतामा गठित क्वालिटी सर्कलको उपाध्यक्ष असिमा तिमिल्सिना, सचिव अनमोल खडका, सहसचिव ममता गिरी र कोषाध्यक्ष वर्षा सापकोटा चुनिएका छन् ।
सदस्यहरुमा कृपा भण्डारी, विल्सन न्यौपाने, सार्थक पौडेल, निर्माण नेपाल, प्रिमस आचार्य, कोहिनुर भण्डारी, अदिती पराजुली र आयुषा लामिछाने छानिएका छन् । शिक्षक कोडिनेटरमा मेघनाथ गिरी रहेका छन् ।
रानी कुँवरको अध्यक्षतमा गठित ग्रो सर्कलमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कोसिस क्षेत्री, सम्यक पहारी, सुदेस्ना पौडेल र साहिल लामिछाने रहेका छन् । शिक्षक कोडिनेटरमा राम चन्द्र शर्मा रहेका छन् ।
प्राचार्य तथा सर्कलका संरक्षक निर्मला बरालले विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्ने, सेवाको भावना जागृत गर्ने र विद्यार्थीमा सक्रियता बढाउने उद्देश्यले सर्कलहरु गठन गरिएको बताए ।
संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दिपक गिरी र विद्यालय संयोजक सूर्य प्रसाद लम्साल लगाएतले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला