कपडाको चप्पल बनाउने तालिम सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
पोखरा महानगरले संचालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा पोखरा महानगरपालिका वडान(१४ चाउथे, भवानी टोल महिला समुहको हलमा कपडाको चप्पल बनाउने तालिम सुरु भएको छ ।
शिक्षालयले स्वीकृत पाठ्यक्रममको अधिनमा रही ६० घण्टा सम्म संचालन गर्ने तालिममा २० जना सहभागी रहेका छन ।
शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका नगर सभा सदस्यहरु तनुजा थापा, दिल कुमारी गुरुङ ,स्थानीय आमा समुहको अध्यक्ष, धवलागिरी बहुप्राविधिक शिक्षालयका प्रशिक्षक श्री लक्ष्मण पंगेनी, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधीकारी, तालिम व्यवस्थापक सन्तोषशर्मा लगाएत तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो ।
स्थानीय उत्पादनलाइ बढुवा दिदै स्वरोजगारीका अवसर सृजना गर्ने गराउने उधेश्यले सिपमुलक तालिम संचालन गर्दै आएको शिक्षालयले बिद्यालय शिक्षा एस इ इ अध्ययन पश्चातको तिन बर्षे इन्जिनियरिंग तर्फको डिप्लोमा कोर्ष समेत संचालन गर्दै आएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा३ महिने मोटरसाइकल रिपेयरिंग तालिम,ECD सहजकर्ता तालिम ,सिलाइकटाई तालिम ,स्थानीय बाजा बजाउने तालिम ,प्लम्बिंग तह एकका तालिम संचालन भइरहेका छन,जुन तालिममा छनौट भएका सहभागीहरुलाई कुनै शुल्क लाग्ने छैन,तालिममा प्रयोग हुने सामाग्री पूर्ण व्यवस्थापन गरीनेछ भने ३९० घन्टे तालिमको हकमा सिप परिक्षण परिक्षा अनिवार्य गरिएको छ ।


सिप सिकिसकेपछी आत्मनिर्भर बनाउनको लागि पोखरा महानगरपालिका उपप्रमुख संग महिला कार्यक्रम ,पोखरा उद्योग बाणिज्य संघ ,पस्चिमान्चल अटोमोवाइल डिलर्स एसोसिएसन,बुटिक एसोसिएसन लगायतका संघ सस्था संग समझदारी गरिएको छ ।
तालिम कार्यक्रमको प्रशिक्षक धनमाया श्रेष्ठले स्वागत गरेको कार्यक्रमको संचालन भवानी टोल महिला समुहकी सचिब रोजा अधिकारीले गरेकी थिइन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला