लालुपाते टोलविकास संस्थाको साधारण सभा सम्पंन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लालुपाते टोल विकास सस्था पोखरा महानगर पालिका वडा नं –६ बैदामको १५ औ साधारण सभा आइतबार सम्मपन्न भएको छ । संस्थाको सम्पन्न साभारण सभामा पोखरा महानगर पालिका वडा नं –६ का जन निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा न ६का वडा अध्यक्ष विण्णु बहादुर भड्ढराईले वडा न– ६ रहेको २७ वटा टोल विकास संस्थाहरु मध्य लालुपाते टोल विकास सस्था अरु भन्दा पृथक रहेको बताउदैं संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरको र आफ्नो क्षेत्रमा फोहोर मैला ब्यवस्थापनमा समेत उलेख्य योगदान गरेको प्रस्टाए ।
बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले वडा नं–६ लाई नेपालकै महत्वपूर्ण वडा बनाउने र पोखरालाई पर्यटकीय राजधानि बनाउने तर्फ आफु प्रयत्नशिल रहेको जानकारी दिदैं बैदाम क्षेृत्रममा भएका विकास निर्माण पर्यटन प्रर्वद्दनका कार्यक्रमहरुका बारेमा विगतका बर्षमा आफु खुशि हुने गरेकाले अबका दिनहरुमा वडा लाई जानकारी दिएर मात्र कामहरु अगाडि बढाउन प्रदेश सरकार र महानगरलाई आग्रह गरे ।
डिहिको पाटन देखी वडा कार्यलय हुदै मालपोत कार्यलय सम्मको सडक जिड रहेको बताउदै, मर्मत सुधार गर्ने प्रदेश सरकार सगँ ताकेता गरीराखेकोले सडकको मर्मत कार्यको थालनि भएको जानकारी गराए । आफ वडा को सेवक भएकोले वडामा रहेका संघ संस्था र वडा बासीहरु सँग सहमति र सहकार्य गरि अगाडि बढ्ने सुनाए ।
संस्थापक अध्यक्ष तथा सल्लाहकार गोविन्दराज पहारीले सस्थाले समाजमा रहेको विकृति विसंगति सहित स्वास्थ्य सम्बन्धि जनचेतना फ्रैलाउन टोलबासीहरुलाई आग्रह गरे । टोलमा रहेका टोलबासीह्ररुलाई जिम्बेबारी बोध गराउन्नका लागि वडा कार्यलयको महत्वपूर्ण भुमिका रहने हुदा टोलको सिफारिसमा वडाले दिने सेवासुविधा उपलब्ध गराउन्न महानगरलाई आग्रह गरे ।
वडा सदस्य शोभा जलारी र दिपेन्द्र पहारीले आफुहरु वडाको सेवक भएकोले वडाबासीहरुको जनचाहाना अनुरुपनै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
अध्यक्ष जुना अधिकारीले संस्थाले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन । अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुर्धान वडा कार्यलय सगँ समन्वय गरि जाने प्रतिबद्धता ब्यक्त गरीन ।
अध्यक्ष जुना अधिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा सदस्य उमा भन्डारीले स्वागत मनतब्य राखेको कार्यक्रममा सचिब सुरेश न्यौपाने, सल्लाहकार खेम ढकाल, बगैचा टोलविकास संस्था बैदामका अध्यक्ष मिना ढकाल लगाएतका बक्ताहरुले संस्थाले समाजमा पु्याएको योगदानको बारेमा चर्चा गर्दै, सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन आयोजकलाई सुझाब दिएका थिए ।
कार्यक्रममा सचिब सुरेश न्यौपानेले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष प्रकास पहारीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला