आज नेवारी सम्प्रदायमा प्रचलित सिथी नखः मनाइदै

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ ११ । नेवारी सम्प्रदायमा प्रचलित सिथी नखः अर्थात कुल पुजा ९ जेष्ठ शुक्ल पक्ष षष्ठी० मा देशैभर यो चाड मनाइदै छ ।
पोखरामा पनि यो पर्व अधिकांश नेवारहरुले पृथ्वीनारायण क्याम्पस स्थित भिमकाली पाटनमा मनाउदै छन् ।
आफ्नै प्रकारको शास्त्रीय महत्व रहेका यस्ता चाडपर्वहरू पारिवारिक पूनर्मिलनका अमूल्य अवसर पनि हुन् । जसरी दशै र तिहारले सहर र गाउँलाई जोड्छ नेवारी सम्प्रदायमा यो चाड पनि अर्को एउटा त्यस्तै अवसरका रूपमा रहेको हुन्छ ।
आज जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठी । कुमारको जन्मदिन तथा नेवारहरूको कुल पूजा गरिने दिन अर्थात सिठी नखः वा दिगु द्यः को पूजा गर्ने दिन ।
सम्पूर्ण एउटै कूलमा जन्मेका आफन्तहरू जम्मा भएर आफ्नो कुलको स्थापना गरिएको स्थानमा जम्मा भएर संगै पूजा गर्ने तथा अन्तमा कुलको प्रसाद सम्झेर भोज खाने चलन छ ।
हुन त यसै दिन महादेव पुत्र कुमारको जन्म दिन पनि हो जसले गर्दा यसको धार्मिक महत्व पनि छ । हरेक पूजामा हामी कुमारको रूपमा दियोलाई सबैभन्दा पहिले पूजा गर्ने गरिन्छ ।
त्यसपछि गणेशको पूजा गरिन्छ । त्यसपछि बल्लअन्य भगवानहरूको पूजा गर्ने गरिन्छ । यिनै कुमारको जन्म दिन सिठी नखः भएकाले यसको बिशेष महत्व छ ।

वसन्त ऋतुको समाप्ति भइ वर्षा ऋतुको शुभारम्भ हुने हुँदा यस पर्वले रोपाइँ सुरु भएको सन्देश दिने भएकाले बिशेष गरेर ज्यापू समुदायमा यस पर्वको अझ वढि महत्व हुने गर्दछ ।
वर्षातले कुनै व्यवधान नाही भनेर सबै मिलेर पानीका मुहान, कुवा, इनार, ढुङ्गे धारा, पोखरी तथा टोल वरपर सफा गर्ने गरिन्छ ।

९२०परापूर्व कालदेखि नै प्रकृति पूजक रहेका नेवाःहरुले निराकार प्रकृतिलाई पूज्दथे । यहीं क्रमको निरन्तरता नै नेवाः हरुले मनाउने दिगुपूजा अर्थात सिठीनखः हो । मुर्ति पूजा गर्न भने हामीले धेरै पछाडी (अन्दाजी सातौ शताब्दी) थालेका हौ ।

नेवारहरू मास र मुगीका बारा, चामलको चटामरी आदि कुललाई पहिले चढाएर प्रसादको रूपमा बाँडेर खाने चलन रहेको छ।मास तथा मुगीको परिकारले शरिरमा स्फूर्ती तथा तागत दिने हुदा पनि यसको निकै महत्व रहेको छ ।

घरको मूलढोका अगाडी बनाइएको पिखालखुमा वो, बारा, चटामरीले बिशेषरूपले पूर्ण गर्ने गर्दछन् । हुन त नेवारहरू दैनिक रूपमा नै पिखालखुको पूजा गर्ने गर्दछन्। तर यस दिन गर्ने पूजा केही विशेष हुने गर्दछ । घरलाई सफा सुग्घर राज गरेर कुमारलाई सम्झेर मूलढोकाको अगाडी छ वटा कमलको पातको आकारमा छो बनाइएको पिखालखुलाई छ वटा अन्नबाट बनेको चटामरी, छ थरी दालबाट बनेको बारा तथा छ थरि सागसब्जीबाट बनेको तरकारीले छ वटा टाउको भएको कार्तिकेय कुमारको पूजा तिथीले छैठौ दिन विशेष किसिमले पूजा गर्ने गरिन्छ ।

परम्परा जस्तो रहेपनि अचेल कतिपय समुदाय यसलाई मनोरञ्जन या पिकनिकको रूपमा मनाउने भएको छ । कतिपय परिवारमा दाजुभाइ आफ्नो वर्षी देखी खपेर बसेको रिस यहि अवसरमा पोख्दै झगडा गर्ने हुदा दाजुभाइमा सौहार्दता होइन बैमनस्यताको शुरू गर्ने गर्दछन् ।
कतिपयको बिचारमा यो पर्व खाने र पिउनेमा सिमित रहेको छ । यस पर्वको वास्तविक महत्व नबुझेकाहरू खाने झगडा गर्नेमा सिमित गर्ने हुदा पहिले पहिले झै आपसी सद्भावको कमी भेटिन्छ । कतिपयले यस चाडको महत्व नबुझेर ब्यबसायिक क्याटरिङलाई जिम्मा लगाउने गर्दछन् ।

घण्टाकर्णमा शुरू भएको नेवारहरूको चाडको वर्ष सिठी नख मा आइ पुगेपछि समाप्त हुन्छ । समय अभाव र व्यस्तताले गर्दा अचेल सबैले समय दिन सक्दैनन् । तसर्थ पनि बिस्तारै यसको महत्व घट्दै गएको छ । सामाजिक रूपले पनि जातिय विभेदमा गइसकेको अवस्थामा आफूहरूलाई पनि समयानुकल परिवर्तन गर्दै जान सकिएन भने पनि परिवार टुट्ने डर हुन्छ। तसर्थ समयानुसार परिमार्जित गर्दै या मयाको बिभेदलाई तोड्न सक्नुपर्छ । अन्यथा क्रमश यो परम्परा हराउदै जाने सम्भावना सक्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला