बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

नगेन न्यूज
  • ख-
  • ख+

भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

यस्तो रकम १० हजार ८ सय अमेरिकी डलर हुन आउँछ । यो रकम शनिबार साँझ बरामद भएको प्रहरीले जनाएको छ ।

 

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा डलर भेटिएको हो । बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो । प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला