बि.टी. ट्रेनिङको होली

लेखनाथ । आपसी मेलमिलाप र सद्धावनाको पर्व होलीको अवशरमा लेखनाथमा रहेको बि.टी. ट्रेनिङ सेन्टरले आफ्ना खेलाडीहरु सँग होली पर्व मनाएको छ ।

लेखनाथलाई केन्द्रबिन्दु बनाएर फुटबलको क्षेत्रमा नयाँ आयाम कोर्नको लागि विगत लामो समय देखि ट्रेनिङ सेन्टर संचालन गरेको प्रशिक्षक बिनोद थापाले बताउनु भयो । अहिले सम्म ट्रेनिङ सेन्टर बाट उत्पादन भएका खेलाडीहरुले बिभिन्न क्लवहरु बाट खेल खेली सकेका छन् भने राष्ट्रिय स्तरको बि. डिभिजनको क्लबमा समेत आफ्नो खेल प्रर्दशन गरि सकेका छन् ।

खेल जिवनमा आपसी मेलमिलाप भाईचाराको महत्व हुने र होली पर्व पनि यसको एउटा उदाहरण भएका कारण होली पर्व खेलाडीहरु सँग मनाएको बि.टी. ट्रेनिङ सेन्टरकी व्यवस्थापक सम्झना थापाले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!