चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति संघका विभागीय प्रमुख सीता गुरुङले लोकतन्त्र वचाउनको लागि कांग्रेसको नेतृत्व आवस्यक रहेको वताउनु भएको छ ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशद्धारा विहीवार पोखरामा आयोजित पत्रकार सम्मलनमा वोल्दै उहाँले सो कुरा वताउनु भएका हो ।
उहाँले आदिवासी जनजातिहरु कम्युनिष्ट हुन नसक्ने वताउदै लोकतन्त्र रक्षाको लागिजनजातिहरु एक हुनको विकल्पनभएको वताउनु हो ।
सामाजिक सांस्कृतिक रुपमा लोकतन्त्र वचाउन कांग्रेसको सरकार नै अपरिहार्य भएको उहाँले वताउनु भयो ।
उहाँले यही चैत्र १७ र १८ गते पोखरामा जनजाति प्रशिक्षण आयोजना गरिने वताउनु भयो । गण्डकी प्रदेशका ११ जिल्लाका करिव १ सय ५० जना कार्यकर्ताहरु सो प्रशिक्षण कार्यक्रममा सहभागी हुने उहाँले वताउनु भयो ।
सो प्रशिक्षण सम्पन्न भए लगत्तै देशका अन्य प्रदेशमा पनि प्रशिक्षण कार्यक्रम आयोजना गरिने उहाँले वताउनु भयो । सवैको पहिचान भेटिने र जातिय द्धन्द्ध मेटिने गरी प्रशिक्षणमा सहजिकरण गरिने उहाँले वताउनु भयो ।
सो अवसरमा वोल्दै पूर्व मन्त्री इन्द्र वहादुर गुरुङले काग्रेसले वाहेक अरु कुनै पार्टीले जनजातिको अश्थित्व स्वीकार गर्न नचाहने वताउनु भयो ।
आदिवासी जनजाति संघ गण्डकी प्रदेशका संयोजक जीतवहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!