ईक्यानका नवनिर्वाचित समिति सम्मानित

पोखरा । शैक्षिक परामर्श संघ (ईक्यान) को पाँचौ अधिवेसन बाट नवनिर्वाचित समितिलाई भाषा संघ नेपाल (लान)ले बुधबार पोखरामा सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको छ ।
उक्त कार्यक्रममा ईक्यानका निर्वतमान अध्यक्ष भुवन बहादुर क्षेत्रीले सरकारको निर्देशिकालाई पालना गरेर आफ्ना शैक्षिक संस्थाहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले गलत कार्य गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउदै अब एकै आवाजका साथ जान ईक्यान र लान लाई अनुरोध गर्नुभयो ।

ईक्यानको नवनिर्वाचित समिति


कार्यक्रममा भाषा संघ नेपाल (लान) का संस्थापक अध्यक्ष युवराज खनालले शैक्षिक परामर्श संघ (ईक्यान) का नवनिर्वाचित समितिलाई बधाई दिदैं ईक्यान र लानको गण्डकी प्रदेश स्तरिय एउटै शैक्षिक कमिटि गठन गरी समस्याहरु समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारबाट मान्यता नलिई चलाएका संघसंस्थाहरुलाई आफ्नो दायरामा ल्याउन पहल गर्नुपर्ने बताउनु भयो ।
(ईक्यान) का नवनिर्वाचित अध्यक्ष ईविन्द्रराज तिवारीले यो ईक्यान र लानको टिम बनेको र यो टिमबाट मानिसहरुले धेरै आशा गर्र्ने े बताउनु भयो । उहाँले नविकरण गर्न काठमाण्डौं धाउनु पर्ने कामलाई अन्त्य गर्नको लागि शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएको जानकारी दिदैं एकजुट भएर अझ दबाब दिनु पर्र्ने े बताउनु भयो ।

लानका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव मोति कुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!